☰ open Loading... 15 November 2024|  

गाैहत्या प्रकरण : छानविन गर्न गृह मन्त्रालयद्वारा छानविन समिति गठन
  | १४ भाद्र २०७६, शनिबार १६:१८

काठमाडाैं । बाँकेको नेपालगञ्जबाट लगिएका गाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मृत भेटिएको घटनामा गृह मन्त्रालयले छानबिन गर्ने भएको छ ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले शनिवार विज्ञप्ति जारी गर्दै छानबिनका लागि उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको जनाएका छन् ।

सम्वन्धीत समाचार
गौहत्या गर्नेलाई कारवाहीको माग राख्दै प्रदर्शन
कटकुवा छाडिएका गाई फेरी नेपालगञ्ज पठाइयो
भिरबाट खसालेर ‘गौहत्या’ प्रकरणकाे राप्रपाद्वारा छानबिनकाे माग
नेपालगञ्जबाट ल्याइएका गाई सुर्खेतमा भीरबाट खसाइयो

नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जी हाउसबाट लगिएका ३ सय ७० गाईगोरुमध्ये २४ गाईगोरु वीरेन्द्रनगर नगरपालिका–१४ कटकुवास्थित जंगलमा मृत फेला परेका थिए । घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले गाईगोरु ढुवानीमा प्रयोग भएका ४ वटा ट्रक बरामद गरेको छ भने ट्रक चालकलाई पक्राउ गरेर प्रहरी नियन्त्रणमा राखेको छ ।

‘गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम हदैसम्मको कारवाही गरिने र कुनै पनि किसिमको उन्मुक्ति नदिइने कुरामा समेत गृह मन्त्रालय प्रतिवद्ध रहेको व्यहोरा समेत जानकारीको लागि अनुुरोध छ,’ विज्ञप्तिमा लेखिएको छ ।