☰ open Loading... 23 June 2025|  

Author: Paschim Nepal

लक्ष्य भन्दा बढी राजश्व

लक्ष्य भन्दा बढी राजश्व

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:५२
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा २२ करोड ८६ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । गत आवमा कार्यालयले वार्षिक रु १४ करोड ७८ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । लक्ष्यभन्दा रु आठ करोड बढी राजस्व सङ्कलन भएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । “वार्षिक लक्ष्य तीन महिना अघि नै पूरा गरिसकेका थियौँ,” उनले भने – “पाँच वर्षयत

धिताेपत्र बजार उतारचढाव

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:४९
धितोपत्र बजारमा यस साता निकै उतारचढावपूर्ण रुपमा कारोबार भयो । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार बजार ५ प्रतिशतले घटेको र मङ्गलबार ५ प्रतिशतले बढ्दा ‘सर्किट ब्रेक’ नै लगाउनुपरेको थियो । यो साता बजारमा छ अर्ब पाँच करोड ६५ लाख ८८ हजार कारोबार भएको छ । साताको पहिलो दिन आइतबार सामान्य गिरावट देखिएको बजारमा १४१ कम्पनीका २१ लाख १६ हजार ३५४ कित्ता सेयर खरिद बिक्रीबाट एक अर्ब ५३ करोड १४ लाख ७४ हजार ६
प्रेरणादायी ‘आमोई’

प्रेरणादायी ‘आमोई’

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:४०
‘आमोई’ अर्थात् रोमकुमारी । ९ वर्षकी हुँदा उनको विवाह भयो । १२ वर्ष पुग्दा श्रीमान्ले आत्महत्या गरे, उनी एकल भइन् । उनको जीवनले बेहोर्नुपरेको पहिलो चट्याङ थियो त्यो । चट्याङ यति भयंकर थियो र पनि उनले त्यतिबेला त्यसको चोट महसुसै गरिनन् । आफ्नो जीवनलाई उजाड मरुभूमि बनाइदिने चट्याङ नै त्यही रहेछ भन्ने उनले पछिमात्र चाल पाइन् । शनैःशनैः उनको जीवनमा बाढी पस्यो, भुइँचालो आयो, पहिरो खस्यो । यस्ता अनेक वि
खाेलीदेउ

खाेलीदेउ

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:३७
सआदत हसन मन्टो अमृतसरबाट दिउँसो २ बजे छुटेको त्यो खास रेलले मुगलपुर, लाहोर आइपुग्न झन्डै ८ घण्टा लगायो । कति मानिस त बाटोमै मारिएका थिए, कति घाइते र कैयौं त हराएका पनि । सिराजुद्दिनलाई होसमा फर्कन भोलिपल्टको १० बज्नुप¥यो । ऊ खाली मैदानमा ढलेको थियो । महिला, पुरुष र अन्य केटाकेटीले उसलाई घेरा हालेर होहल्ला मच्चाइरहेका थिए । हुन त यसले उसलाई केही प्रभाव पारेको थिएन । ऊ नचल्मलाई नीलो आकाशमा एक
मीनराजको ‘मुदिर’ र सुमन  ‘मौनता’ बजारमा

मीनराजको ‘मुदिर’ र सुमन ‘मौनता’ बजारमा

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:३१
साहित्यको बजार चम्कँदै जान थालेपछि अचेल साता नै पिच्छे पुस्तक सार्वजनिक हुने क्रम बढिरहेको छ । आख्यानले साहित्यको बजारहिस्सा बढाउँदै लगेको बेला शनिवार राजनधानीमा केहि समानताबीच दुई उपन्यास सार्वजनिक भए । युवा उपन्यासकार मीनराज बसन्तको उपन्यास मुदिर र सुमन घिमिरेको मौनता राजधानीको दुुई फरक कार्यक्रममा विमोचन भयो । यी दुवै उपन्यासमा वैदेशिक रोजगारका कथाहरु पनि समावेश गरिएका छन् । दुवै विमोचनका ला
एक महिना अघिदेखि नै कार्यक्रममा भ्याइनभ्याइ

एक महिना अघिदेखि नै कार्यक्रममा भ्याइनभ्याइ

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:२८
लोकदोहोरी गायिका सुनिता दुलाललाई अहिले तिजले छपक्कै छोपेको छ । हिन्दू महिलाको पर्व तिज आउन अझै करिब २० दिन बाँकी छँदा उनलाई भने स्टेज शो गर्न भ्याईनभ्याई छ । देशभित्र त उनी व्यस्त छिन् नै, देशबाहिर पनि उनी कार्यक्रम गर्न जाँदैछिन् । नेपाली रहेका अधिकांश देश गइसकेकी उनी यो वर्ष सबैभन्दा पहिले स्टेज शोका लागि जापान जाँदैछिन् । “२४ तारिखमा जापान जाँदैछु, त्यहाँ कार्यक्रम सकेर त्यतैबाट कोरिया र न
टेलिकमले ल्यायो सुन्न नसक्नेहरुका लागी भिडियो कल सुविधा

टेलिकमले ल्यायो सुन्न नसक्नेहरुका लागी भिडियो कल सुविधा

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:१८
नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरु (बहिरा)का लागि सहुलियत दरमा Video Call सेवा उपलब्ध गराउन आरम्भ गरेको छ । कम्पनीको मोबाइल नम्बर (SIM) मा कम्पनीको नेटवर्क भित्रको लागि मात्र उपलब्ध गराइने यो Video Call सेवाको महसुल प्रतिमिनेट ५० पैसा (कर बाहेक) तोकिएको छ । हाल यो योजनामा SIM हरुमा २०७३ आषाढ ३१ गते देखि नै सहुलियत दरको यो सेवा उपलब्ध गराउन थालिसकिएको छ । बहिरा अपाङ्गताको पहिचान खुल्ने
भाइबरमा नेपाली स्टिकरमा रमाउनुस्

भाइबरमा नेपाली स्टिकरमा रमाउनुस्

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:१७
तपाई भाइबर चलाउनुहुन्छ रु चलाउनुहुन्छ भने अब तपाइले भाइबरमा पनि नेपाली पनको आभास गर्नुहुनेछ । किनकी भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई लक्षित गरेर नेपाली भाषामै नयाँ स्टिकरहरु ल्याएको छ । नेपालमा रहेका ४५ लाख बढी भाइबर प्रयोगकर्तालाई प्राथमिकतामा राखेर उसले नेपाललाई लगानी गर्ने घोषणा समेत गरेको छ । भाइबरले अप्ठ्यारो, फ्रेन्डी र अंग गरी ३ वठा नयाँ स्टिकर प्याक ल्याएको छ र, नेपाली भाषामा नै रहेक
इश्लामिक धर्मगुरु उनका सहयोगीको गोली हानी हत्या

इश्लामिक धर्मगुरु उनका सहयोगीको गोली हानी हत्या

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:१४
अमेरिकी राज्य न्युयोर्कको क्विन्समा एक इश्लामिक धर्मगुरु र उनको सहयोगीलाई गोली हानी हत्या गरिएको छ । सडकमा हिँडिरहेको बेला पछाडिबाट एक व्यक्तिले उनीहरुको टाउकोमा गोली प्रहार गरेको प्रहरीले बताएको छ । बंगलादेशबाट दुई वर्ष अघि ५५ वर्षीय इमाम मौलाना अकोन्जी अमेरिका आएको बताइएको छ । यस्तै उनको सहयोगी थारा उद्दिन ६४ वर्षका थिए । उनीहरुलाई अल–फुर्कान मस्जिदबाट निस्किए लगत्तै गोली प्रहार गरिएको थि
मदिरा सेवन गर्ने मन्त्रीद्धारा राजीनामा

मदिरा सेवन गर्ने मन्त्रीद्धारा राजीनामा

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:०७
मदिरा सेवन गरी गाडी चलाएको अवस्थामा फेला परेपछि स्वीडेनकी मन्त्री आइदा हादजियालिकले राजीनामा दिएकी छन् । २९ वर्षीया आइदा मन्त्रिपरिषद्मा सबैभन्दा कान्छी सदस्यका रूपमा परिचित थिइन् । उच्च शिक्षा मन्त्रालय सम्हालेकी उनी देशकै पहिलो मुस्लिम मन्त्री पनि थिइन् । तोकिएको मात्राभन्दा बढी मदिरा सेवन गरी गाडी चलाएको अवस्थामा उनी भेटिएकी थिइन् । यो घटनालाई उनले ‘जीवनकै सबैभन्दा ठूलो गल्ती’ भनेकी छन् । डेन