☰ open Loading... 21 June 2025|  

Author: Paschim Nepal

बाढी-पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा

बाढी-पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा

    प्रकाशित मितिः ५ कार्तिक २०७८, शुक्रबार ०५:५५
  सुर्खेत प्रधानमन्त्री शेरबहादुर देउवाले लगातारको वर्षाका कारण आएको बाढी–पहिरोबाट पीडित बनेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने बताएका छन्। उनले बुधबार मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट बाढी–पहिरोमा मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय भएको बताउँदै भौतिक क्षति भएका परिवारलाई पनि राहत प्याकेज उपलब्ध गराइने बताए। ‘जलवायू परिवर्तनका कारणले भएको वर्षाले जनधनको ठूलो क्षति
भरुवा बन्दुसहित दुई जना पक्राउ

भरुवा बन्दुसहित दुई जना पक्राउ

    प्रकाशित मितिः ५ कार्तिक २०७८, शुक्रबार ०५:४७
सुर्खेत । जाजरकोट प्रहरीले चार थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । । शिवालय गाँउपालिका–६ सुङ्गुरखालीको वडा एरियाबाट खटिएको अस्थाई प्रहरी पोष्ट थला रैकरको टोलीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउगरेको हो।। प्रहरीको नियमित गस्तीका क्रममा बन्दुक बरामद गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मावधप्रसाद श्रेष्ठले जानकारी दिए । उनकाअनुसार पक्राउ पर्नेमा सोही ठाउँको रिसि
थप ५४५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

थप ५४५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

    प्रकाशित मितिः ५ कार्तिक २०७८, शुक्रबार ०५:३६
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा यता ५४५ जनामा कोरोना संक्रमण भएको छ ।गत २४ घण्टामा ६ हजार ५८६ पीसीआर तथा १९६३ एन्टिजेन परीक्षण गर्दा ५४५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३ सय २६ पुगेको छ । बिहीबार ७२६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।हाल देशभर ११ हजार ३१५ सक्रिय संक्रमित रहेका छन
बाढी, पहिरो र डुबानमा परी हालसम्म १०१ जनाको मृत्यु

बाढी, पहिरो र डुबानमा परी हालसम्म १०१ जनाको मृत्यु

    प्रकाशित मितिः ५ कार्तिक २०७८, शुक्रबार ०५:१५
काठमाडौं । अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । साथै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४
विपदमा जनप्रतिनिधिहरुको बेवास्ता

विपदमा जनप्रतिनिधिहरुको बेवास्ता

    प्रकाशित मितिः ४ कार्तिक २०७८, बिहीबार १८:३२
अमर सुनार दैलेख – सोमदेखि ४ दिन अविरल वर्षात् हुन थाले यता आइपरेका विपदमा उद्धार तथा पुनस्र्थापना गर्न दैलेखका जनप्रतिनिधिहरुले बेवास्ता गरेको स्थानीयहरुको गुनासो छ । मानवीय क्षति नभए पनि अवरुद्ध भएका सडक खुलाउन र व्यक्तिका घर भत्किएकोमा सहयोग जुटाउन बेवास्ता गरेको स्थानीयले सुनाएका छन् । यो चार दिन कर्णाली राजमार्ग, दैलेख–सुर्खेत र मध्यपहाडी राजमार्गमा ठाउँठाउँ पहिरोले सडक अवरुद्ध भएको बेला सहय
आजदेखि मौसममा सुधार : ठूलो पानी नपर्ने, पहिरोको जोखिम भने कायमै

आजदेखि मौसममा सुधार : ठूलो पानी नपर्ने, पहिरोको जोखिम भने कायमै

    प्रकाशित मितिः ४ कार्तिक २०७८, बिहीबार ०६:५७
काठमाण्डाै - आजदेखि मौसममा सुधार आएको छ । देशका धेरै ठाउँमा आज घाम लागेकाे छ । मौसमविद् वरुण पौडेलका अनुसार गएराति देशका धेरै ठाउँको मौसम बद्ली भए पनि अब घाम लाग्ने सम्भावना छ । अबको दुई, तीन दिन लगातार झरी नपर्ने उहाँले बताउनुभयो । भारतको बिहार र उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको पानी पार्ने प्रणाली निष्क्रिय भएकाले अब दुई/तीन दिन लगातारको झरी र ठूलो वर्षा हुने सम्
बेलायतमा पुराना मोबाइल, ल्यापटपमा प्रयोग भएको सुन निकाल्ने योजना सार्वजनिक

बेलायतमा पुराना मोबाइल, ल्यापटपमा प्रयोग भएको सुन निकाल्ने योजना सार्वजनिक

    प्रकाशित मितिः ४ कार्तिक २०७८, बिहीबार ०६:१४
काठमाण्डौ – बेलायतको सिक्का निर्माता कम्पनी रोयल मिन्टले पुराना मोबाइल फोन र ल्यापटप, कम्प्युटरबाट सुन र अरू धातु निकाल्ने योजना सार्वजनिक गरेको छ । काम नलाग्ने पुराना विद्युतीय उपकरणहरूको झण्डै २० प्रतिशत भाग पुनः प्रयोग गर्न सकिने धातु रहने भएकाले त्यस्ता धातु निकाल्ने प्रविधिको योजना सार्वजनिक गरेको बीबीसीले जनाएको छ । यो प्रविधिले विश्वको सबैभन्दा ठूलो वातावरणीय चुनौतीमध्ये एकलाई समाधान
बाढी–पहिरोमा ज्यान गुमाएका  परिवारलाई सरकारले राहत दिने

बाढी–पहिरोमा ज्यान गुमाएका परिवारलाई सरकारले राहत दिने

    प्रकाशित मितिः ४ कार्तिक २०७८, बिहीबार ०६:०८
काठमाण्डौ – सरकारले बाढी, पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । आज बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी, पहिरोमा एक जना गुमाएका परिवारलाई दुई लाख र एक जनाभन्दा धेरै गुमाउनेलाई प्रति मृतक थप एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो । मृतकको काजकिरियामा समस्या नहोस् र गाँस–बासको जोहो गर्न सहज होस् भनेर राहतको घोषणा गरिएको गृह मन्त्री बाल
एमालेले चाहे सात दिनमै सरकार ढालिदिन्छ- ओली

एमालेले चाहे सात दिनमै सरकार ढालिदिन्छ- ओली

    प्रकाशित मितिः ४ कार्तिक २०७८, बिहीबार ०५:४८
  काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे सरकार एक हप्ताभित्रै ढाल्न सक्ने बताएका छन्।प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले तर आफूहरुको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको स्पष्ट पारे। बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले भने, ‘अहिले पनि यो सरकार ढाल्दिऊँ भन्ने हो भने धेरै त नभनौं, एक हप्ताभि
थप ६ सय ६२ जनामा कोरोना संक्रमण

थप ६ सय ६२ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः ४ कार्तिक २०७८, बिहीबार ०५:३९
काठमाडौं । नेपालमा थप ६ सय ६२ जनामा कोरोना संक्रमण भएको छ ।८ हजार ४ सय २६ जनाको परीक्षणमा ६ सय ६२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ५८ जना डिस्चार्ज भएका छन् । भक्तपुर २३, ललितपुर ३५ र काठमाडौंमा १ सय ९५ गरी काठमाडौं उपत्यकामा २ सय ५३ जनामा संक्रमण देखिएको छ । कोभिडबाट सोही समयमा १३ जनाको मृत्यु भएको छ । योसँगै देशभ