
चाडपर्वमा सहुलियत दिने तयारी
प्रकाशित मितिः १३ आश्विन २०७८, बुधबार १९:२४
सुर्खेत -दशैं, तिहार, छठजस्ता नेपालीका ठूला चाडपर्वहरुलाई लक्षित गरी सुर्खेतका व्यापारीहरुले सहुलियतको तयारी गरेका छन् । सुर्खेत उद्योग बाणिज्य संघले बुधवार विभिन्न वस्तुगत समितिहरुलाई बोलाएर छलफल गरेपछि सहुलियतको तयारी गरिएको हो ।
दशैंमा बढी खपत हुने खाद्यान्न, नुन, तेल, तरकारी, फेन्सी कपडा, फलफूल तथा माछामासुमा सक्ने गरी सहुलियत दिन संघले आग्रह गरेको छ । यस्तै अन्य पसलहरुले पनि उपभोक्तालाई राहत