☰ open Loading... 22 December 2024|  

Author: Admin

पहिरोले घर पुरिँदा एक बालकको मृत्यु

पहिरोले घर पुरिँदा एक बालकको मृत्यु

    प्रकाशित मितिः १७ असार २०८१, सोमबार १०:१२
पहिरोमा परी जाजरकोटमा एक जना बालकको मृत्यु भएको छ । भेरी नगरपालिका–५ इबरका रमेश विकका ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो । गएराति परेको अविरल वर्षापछि आएको पहिरोले घर पुर्दा ती बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी रमेश पनि घाइते भएका छ्न । उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । परिवारका अन्य ४ सदस्य भने सकुशल रहेका छन् ।
नेपालको दक्षिण भू–भागनेपालको दक्षिण भू–भाग भारी वर्षा हुने

नेपालको दक्षिण भू–भागनेपालको दक्षिण भू–भाग भारी वर्षा हुने

    प्रकाशित मितिः १७ असार २०८१, सोमबार ०९:३५
मौसम पूर्वानुमान महाशाखाले नेपालको दक्षिण भू–भाग र सीमाना आसपास न्यून चापिय रेखा रहने र मनसुन थप सक्रिय हुने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आइतवार विशेष मौसम बुलेटिन जारी गर्दै असार २० गतेसम्म सो क्षेत्रमा मनसुन थप सक्रिय हुने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो। आजदेखि सो देशभर साधारणतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, बागम
विश्व विजेता बन्यो भारत

विश्व विजेता बन्यो भारत

    प्रकाशित मितिः १६ असार २०८१, आईतवार ११:३३
रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी–२० विश्वकपको उपाधि जितेको छ । भारतले टी–२० विश्वकपको उपाधि जितेको यो दोस्रो अवसर हो । भारतले सन् २००७ को पहिलो टी–२० विश्वकपको उपाधि जितेको थियो । यसअघि एक दिवसीय विश्वकपको उपाधिबाट चुकेको भारत लगातार दोस्रो फाइनल गुमाउनबाट बचेको छ । भारत दुई पटक टी-२० विश्वकपकाे उपाधि जित्ने मात्र तेस्रो टोली बनेको छ । यसअघि वेस्ट इन्डिज र इंग
कर्णाली र सुदूरपश्चिममा ४ सय केभी प्रसारण लाइन निर्माण हुँदै

कर्णाली र सुदूरपश्चिममा ४ सय केभी प्रसारण लाइन निर्माण हुँदै

    प्रकाशित मितिः १६ असार २०८१, आईतवार ११:२९
कर्णाली करिडोर (फुकोट वेतन) ४ सय केभी प्रसारण लाइन आयोजनाको निर्माण सुरु हुने भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–४ नैनियामा शुक्रबार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले एक कार्यक्रमका बीच प्रसारण लाइनको टावर निर्माणको शिलान्यास गरेका छन् । ट-कर्णाली, वेतन-कर्णाली र तिलालगायतका जलविद्युत् आयोजनाबाट उत्पादन हुने करिब ३ हजार मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध

७ पत्रकार रोटरी पत्रकारिता अवार्डबाट पुरस्कृत

    प्रकाशित मितिः १६ असार २०८१, आईतवार ०९:४४
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले आफ्नो स्थापनाको अवसरमा ७ जना पत्रकारलाई रोटरी पत्रकारिता अवार्डले पुरस्कृत गरेको छ । रोटहरीले स्वतन्त्र लेखनीतर्फ रामु सापकोटा, आर्थिक तथा सामुदायिक विकासमा अमर सुनार, खानेपानी तथा सरसफाइ सवालमा तिलक तिवारी, सुरक्षित मातृत्व र बाल स्वास्थ्य विषयमा बसन्तप्रताप सिंह, आधारभूत शिक्षा तथा साक्षरता तर्फ विद्या राई, रोग उपचार तथा उपचार विषयमा स्वस्तिक श्रेष्ठ र शा

माइक्रो बस दुर्घटना: एकै परिवारका पाँचसहित सात जना घाइते

    प्रकाशित मितिः १६ असार २०८१, आईतवार ०९:४०
चितवनमा माईक्रोबस दुर्घटना हुँदा एकै परिवारका पाँच सहित सात जना घाइते भएका छन्। भरतपुर महानगरपालिका-१ पानी ट्याङ्की ओरालोस्थित नारायणगढ मुग्लिन सडकखण्डमा आज बिहान सवा ६ बजे मुग्लिनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज ०१८२ नम्बरको ईलेक्ट्रिक माईक्रोबस आफै अनियन्त्रित भई दुर्घटना हुँदा सातजना घाइते भएका हुन्। घाइते हुनेमा भरतपुर–९ का ४२ बर्षिय एकराज भट्टराईका पाँचजना परिवार रहेका छन्। भट्टराईकी श
बजेटमा सहमति नजुट्दा कर्णाली प्रदेश सभामा गतिरोध

बजेटमा सहमति नजुट्दा कर्णाली प्रदेश सभामा गतिरोध

    प्रकाशित मितिः १५ असार २०८१, शनिबार १५:५९
विगतमा भएका सहमति विपरीत सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संसद् अवरुद्ध गरिरहेको छ। संसद् खुलाउन भएका पटक–पटकका सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएका छन्।आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले असार १ गते कर्णाली प्रदेश सभामा बजेट प्रस्तुत गरेका थिए।दुई दिनपछि बजेटमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ चित्तबुझ्

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    प्रकाशित मितिः १५ असार २०८१, शनिबार १५:५७
डोटीको सायल गाउँपालिका –४ डौडमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको सायल गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पुर्‍याएर फर्किँदै गर्दा से २ त १७६० नम्बरको ट्याक्टर शनिबार दुर्घटनामा परेको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार सो दुर्घटनामा ट्याकटर चालक कृष्णपुर नगरपालिका–२ झलारी कञ्चनपुर निवासी ४६ वर्षीय रामकृष्ण डगौराको मृत्यु भएको हाे। उनको घटन
एकैदिन तोलामा एक हजार रूपैयाँ बढ्यो

एकैदिन तोलामा एक हजार रूपैयाँ बढ्यो

    प्रकाशित मितिः १५ असार २०८१, शनिबार १५:५३
साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला एक हजार रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रू
दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको छत भत्किँदा ६ जना घाइते

दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको छत भत्किँदा ६ जना घाइते

    प्रकाशित मितिः १५ असार २०८१, शनिबार १५:२३
भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भत्कँदा ६ जना घाइते भएका छन् । शुक्रबार बिहान भारी वर्षापछि विमानस्थलको टर्मिनल-१ को छत भत्किएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । छतले केही ट्याक्सी र गाडी पनि थिचिएका छन् । भारतीय नागरिक उड्डयनमन्त्री राममोहन नायडूले घाइतेहरूलाई अस्पताल पठाइएको जानकारी दिएका छन् । दिल्ली इन्टरनेसनल एयरपोर्ट लिमिटेड