☰ open Loading... 18 May 2024|  

Author: Admin

दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

    प्रकाशित मितिः ३१ बैशाख २०८१, सोमबार ०९:३९
दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार दुल्लु नगरपालिका-६ लुजैमा बिजुलीको पोल बोकेको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिकाको खर्च्यागैरा बस्ने मान बहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य छ जना घाइते भएका छन्। घाइतेहरूको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले
यार्सा टिप्न गएका जुम्लाका चार युवा पाटनमा अलपत्र

यार्सा टिप्न गएका जुम्लाका चार युवा पाटनमा अलपत्र

    प्रकाशित मितिः ३० बैशाख २०८१, आईतवार १२:२१
हिमाली डोल्पा जिल्लाका पाटनहरुमा यार्सा संकलनका लागि गएका जुम्लाका चारजना युवा अलपत्र परेका छन्। जुम्लाको पातारासी गाउँपालिका ३ का चारजना युवा डोल्पाको साल्दाङ फोतगाउँको पासु क्याम्पमा अलपत्र परेको पातारासी गाउँपालिकाका कार्यवाहक अध्यक्ष दत्तबहादुर बुढाले बताए। उनका अनुसार पातारासी ३ मोहरीगाउँका ओमप्रकाश बुढा र जय बुढा, चौर गाउँका हिरालाल रावत र चन्नलाल रावत अलपत्र परेका हुन्। चारजनामध्ये ओमप्र
प्रधानमन्त्रीको राजीनामा माग गर्दै डा. केसीले सुरु गरे २२ औं आमरण अनशन

प्रधानमन्त्रीको राजीनामा माग गर्दै डा. केसीले सुरु गरे २२ औं आमरण अनशन

    प्रकाशित मितिः ३० बैशाख २०८१, आईतवार १०:३६
प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै डा. गोविन्द केसीले २२ औं पटक आमरण अनशन सुरु गरेका छन्। शनिबार अपराह्न ३ बजेदेखि उनले काठमाडौंको पशुपत क्षेत्रको मृगस्थलीबाट अनशन सुरु गरेका हुन्। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीले सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रधानमन्त्रीले पदबाट तुरुन्त राजीनामा दिनुपर्ने बताए।
दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु

दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु

    प्रकाशित मितिः ३० बैशाख २०८१, आईतवार १०:३१
काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। उनले भने, ‘गए राति दुई समूहबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।’ धिमालको शव त्रिभुवन विश्वविद्
सल्यानमा दम्पती मृत फेला

सल्यानमा दम्पती मृत फेला

    प्रकाशित मितिः ३० बैशाख २०८१, आईतवार १०:२९
सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४, देउलीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ३४ बर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नवीन कार्कीका अनुसार आइतबारको उक्त घटना श्रीमाले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो देखि
अफगानिस्तानमा आएको आँधी र बाढीका कारण ३ सय जनाको मृत्यु

अफगानिस्तानमा आएको आँधी र बाढीका कारण ३ सय जनाको मृत्यु

    प्रकाशित मितिः ३० बैशाख २०८१, आईतवार १०:२५
अफगानिस्तानका धेरै प्रान्तमा आएको आकस्मिक बाढीमा तीन सयभन्दा बढी मानिसको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। अफगानिस्तानमा राष्ट्रसङ्घीय एजेन्सी डब्ल्युएफपीका सञ्चार अधिकारी राणा डेराजले भने, ‘हालको जानकारीमा बघलान प्रान्तमा तीन सय ११ जनाको मृत्यु, दुई हजार ११ घर नष्ट भएको र दुई हजार आठ सय घर क्षतिग्रस्त भएका छन्।’ अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गरी घाइतेहरूलाई बचाउन प्रयास ग
भ्रष्टाचारमा २० वर्षपछि युवराज शर्मा दोषी

भ्रष्टाचारमा २० वर्षपछि युवराज शर्मा दोषी

    प्रकाशित मितिः ३० बैशाख २०८१, आईतवार १०:२३
सर्वोच्च अदालतले नेपाल आयल निगमका पूर्वमहाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दामा एक वर्ष कैद र ३४ लाख २७ हजार रूपैयाँ जरिबाना ठहर गरेको छ। सर्वोच्चले २० वर्ष पुरानो भ्रष्टाचारसम्बन्धी मुद्दामा १० वर्षअघि आफैंले गरेको फैसलामा केही उल्टाउँदै छिनोफानो गरेको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडालको पूर्ण इजलासबाट २०७९ असार २८ मा भएको फैसलाको पूर्ण पाठ शुक्रबार सार्वजन

कर्णालीमा अझै सुरु भएन बजेट निर्माण प्रक्रिया

    प्रकाशित मितिः २९ बैशाख २०८१, शनिबार १६:१०
प्रदेश सरकारले असार १ गते वार्षिक बजेट ल्याइसक्नुपर्ने हुन्छ । संवैधानिक व्यवस्था अनुसार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष (०८१/०८२) को बजेट प्रस्तुत गर्ने समय आउन ३५ दिनमात्रै बाँकी छ । तर, अहिलेसम्म बजेट निर्माणको प्रक्रिया नै सुरु भएको छैन । यसअघि चैत महिनादेखि नै बजेट सिलिङ वितरण हुँदै आए पनि यो पटक अहिलेसम्म मन्त्रालयहरूलाई सिलिङ दिइएको छैन । अर्थ मन्त्रालयका कर्मचारीहरूका अनुसार सर

दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, मोटरसाइकल भेरीमा डुब्यो

    प्रकाशित मितिः २९ बैशाख २०८१, शनिबार १५:५१
टरसाइकल दुर्घटनामा परेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम चौरजहारीका ३० वर्षीय भुवन केसी रहेका छन् । प्रदेश ट्राफिक कार्यालयका अनुसार आज बिहान ७ः१५ बजेतिर सिम्ता गाउँपालिका–३ स्थित छिन्चु–जाजरकोट सडक खण्डमा नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको क.प्र.–०३–००१प–०३७९ नं. को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । नेपालगन्जतर्फ जाँदै गरेको मोटरस

अटो दुर्घटना, एक जनाको मृत्यु

    प्रकाशित मितिः २९ बैशाख २०८१, शनिबार १५:४५
दाङको तुलसीपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार तुलसीपुर उपमहानगरपालिका ३ साततले खमारी भित्री सडक खण्डमा खमारीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ३ बस्ने अन्दाजी २७ वर्षीय जीवन घर्ती रहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । अटो