☰ open Loading... 30 April 2024|  

Author: suresh

देशभर नब्बे प्रतिशत धान रोपाइँ

    प्रकाशित मितिः १९ श्रावण २०७५, शनिबार १८:२६
काठमाडौँ, देशभर अहिलेसम्म करीब ९० प्रतिशत धान रोपाइँँँ सम्पन्न भएको पाइएको छ । कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भागमा रोपाइँँ सम्पन्न भएको छ । गत वर्ष साउनको दोस्रो साता (यही अवधि) सम्म ७७ प्रतिशत मात्र रोपाइँँ भएको थियो । अघिल्लो वर्ष भदौ १३ गतेसम्म ९५ प्रतिशत रोपाइँँँ भएकामा यस वर्ष साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँँ हुने अनुमान मन्त
नेपाली रोबोट अन्तर्राष्ट्रिय प्रतियोगितामा

नेपाली रोबोट अन्तर्राष्ट्रिय प्रतियोगितामा

    प्रकाशित मितिः १९ श्रावण २०७५, शनिबार १८:२३
काठमाडौँ,  नेपाली युवा विद्यार्थी आफूले बनाएका रोबोटलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्न जुटेका छन् । आगामी भदौ ९ गते भियतनामको निङविङमा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा आफूले निर्माण गरेका रोबोटको प्रदर्शनीमा इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका विद्यार्थी जुटेका हुन् । प्रतियोगितमा एसिया–प्रशान्त क्षेत्रका चीन, जापान, इजिप्ट, रुसलगायत विभिन्न २० मुलुकको सहभागितामा रहने

रगतको अभावमा कमी

    प्रकाशित मितिः १९ श्रावण २०७५, शनिबार १८:२२
नेपालगञ्ज, बाँके जिल्लामा रक्तदाता स्वयम्सेवकको संख्या दिन प्रतिदिन बढ्दै गएपछि रगतको अभाव पनि कम हुँदै गएको छ । नेपाल रेडक्रसको नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्रले संकलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा व्यक्तिगत स्वयम्सेवकको रहेको छ । रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयम्सेवकको संख्या अझ वृद्धि गर्न बाँके रेडक्रसले प्रचारमुखी अभियान सञ्चालन गरेको छ । जिल

वर्षायाममा राम्ररी सुत्न सक्दैनन् राप्तीतटीय क्षेत्रका बासिन्दा

    प्रकाशित मितिः १९ श्रावण २०७५, शनिबार १८:१९
नीरज गौतम/रासस नेपालगञ्ज, ‘‘बाढीले खेत बगाएर लान्छ, घरखेत पानीमा डुब्छन्, बालुवाले खेत कटान गरेर बगर बनाउँछ । यो त हाम्रो वर्षेनीको नियति र पीडा नै बनेको छ’’ बाँके राप्ती तटीय क्षेत्रका बाढी पीडित सुधाकर यादव पीडा सुनाउँछन् । यसखालको पीडा उहाँको मात्र होइन, उहाँ जस्तै २४ हजार बाँकेवासीको समानखालको पीडा छ । बाँकेको नेपाल-भारत सीमा क्षेत्र नजिक भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र

छाउपडी प्रथा अगाल्नेलाई सेवा सुविधामा रोक

    प्रकाशित मितिः १९ श्रावण २०७५, शनिबार १८:१६
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका वडा नं ८ ले छाउपडी प्रथा अगाल्नेलाई प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय गरेको छ । छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरेमात्रै वडा कार्यालयबाट सेवा दिइने गरिएको छ । महिनावारी हुँदा अलग्गै गोठमा बस्नुपर्ने, पाँच दिनसम्म छुन नहुने, पानीको धारा छुन नहुने, पोषिला खानेकुरा खान नहुनेजस्ता अन्धविश्वास नहटेपछि सेवा सुविधामा रोक लगाउनु परेको वडाध्यक्ष बहादुर महराले

रोल्पाका विद्यार्थीलाई पढाइमा सास्ती

    प्रकाशित मितिः १९ श्रावण २०७५, शनिबार १८:१३
रोल्पा, विद्यालयमा राम्रो पढाइ नभएपछि रोल्पाको ग्रामीण क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी ट्यूशन पढ्न सदरमुकाम धाउन बाध्य भएका छन् । विद्यालयले समयमै पढार्ई पूरा नगर्ने तथा योग्य शिक्षकको व्यवस्था नगर्दा थप रकम खर्च गरेर ट्यूशन पढ्न बाध्य भएको गुनासो सम्बद्ध विद्यार्थीहरूको छ । विद्यालयले वर्षे बिदा दिएसँगै ट्यूशन पढ्न आउने विद्यार्थीका कारण यतिबेला सदरमुकाममा रहेका कोचीङ सेन्टर भरिभराउ देखिएका
बँदेलले वर्षे बाली सखाप पारेपछि किसान चिन्तित

बँदेलले वर्षे बाली सखाप पारेपछि किसान चिन्तित

    प्रकाशित मितिः १९ श्रावण २०७५, शनिबार ०७:५१
सल्यान,  जिल्लाका कतिपय स्थानममा बँदेलको बथानले वर्षेवाली नष्ट पारेपछि किसान चिन्तित भएका छन् । वनगाड कुपिण्डे– ९ गिठाचौरका १४५ घरपरिवारले लगाएको धान, मकै, कोदोलगायतका बाली बँदेलले सखाप पारेकाले उनीहरूमा चिन्ता बढेको हो । गाउँ नजिकै रहेको भगवती सामुदायिक वनबाट राति बँदेलको बथान आएर लगाएको बालीनाली सखाप पार्न थालेको छ । भर्खर लगाएको धान तथा मकै बालीमा बँदेलले गरेको उपद्रो देखेर मन थाम्न नसकिएको स

दुल्लूमा बालेश्वरको महत्व

    प्रकाशित मितिः १७ श्रावण २०७५, बिहीबार १६:१६
दैलेख, पुरानो शिखर शैलीको मन्दिर बालेश्वर आफैमा महत्व बोकेको छ । निकै पुरानो मन्दिर बालेश्वर आसपासलाई पार्कमा परिणत गरिएको छ । अहिले पार्क निर्माणसंगै बालेश्वर दुल्लु पुग्नेहरु नघुमी सुकै पाउँदैनन् । मन्दिर परिसरलाई शहिद पूर्ण स्मृती उद्यान बनाएर सुन्दर पार्क पनि निर्माण गरिएको छ । अहिले दुल्लुको सुन्दता बालेश्वरमा बनाईएको पार्कले झन थपेको छ । प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाका पिता बालन
आँखा पाक्ने रोगका बिरामी बढे

आँखा पाक्ने रोगका बिरामी बढे

    प्रकाशित मितिः १७ श्रावण २०७५, बिहीबार १५:०७
तुलसीपुर, राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् । केही दिनयता आँखा पाक्ने रोगका बिरामीको संख्या दोब्बर बढेको अस्पतालले जनाएको छ । यसअघि दैनिक २०० देखि २५० सम्म बिरामी आउने गरेकोमा हाल ३५० देखि ४०० सम्म विभिन्न आँखासम्बन्धी समस्या भएका बिरामी अस्पतालमा स्वास्थ्य परिक्षण गर्न आउने गरेका अस्पतालका नेत्र अधिकृत शालीकराम गौतमले जानकारी दिए । मौसम परिवर्तनसँगै आँखा पाक्ने, आ
निकुञ्जले पशु चौपाया छाडन नदिएपछि…

निकुञ्जले पशु चौपाया छाडन नदिएपछि…

    प्रकाशित मितिः १७ श्रावण २०७५, बिहीबार १५:०५
नेपालगञ्ज, नेपालगञ्ज बजारमा बग्रेल्ती छाडिएका पशु चौपाया नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको ठूलो चुनौतीको विषय बनेको छ । गाई, साँढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा सयौँको संख्यामा भेट्न सकिन्छ । तत्काल समस्या समाधान गर्न राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने नेपालगञ्ज उपमहानगरपालिकाको प्रयासमा बुधबारबाट पूर्णविराम लागेको