बर्सेनि घट्दै जुम्ली स्याउको उत्पादन,माग भने बढ्दो
प्रकाशित मितिः ८ पुष २०७८, बिहीबार ०५:३५
गणेश रावत,
जुम्ला- पछिल्लो समय जुम्ला जिल्लामा फल्ने प्रांगारिक स्याउको उत्पादन बर्सेनि घट्दै गएको छ । पानै सिँचाइ अभाव र मौसम परिवर्तनका कारण बर्सेनि स्याउको उत्पादन घट्दै गएको हो । तथ्याङ्क हेर्दा जुम्लामा २०७६ मा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने २०७७ मा घटेर ६ हजार एक सय मेट्रिक टन मात्रै स्याउ उत्पादन भयो । अहिले जुम्लामा १० हजार हेक्टरमा स्याउ खेती गर्न सकिने भए पनि हाल ३ हजा