माग अनुसारका तरकारी उत्पादन
प्रकाशित मितिः २४ जेष्ठ २०७४, बुधबार १७:१६
दैलेख । बजारमा उपभोक्ताहरुको माग के छ ? त्यही अनुसार अहिले किसानहरुले तरकारी उत्पादन गर्न थालेका छन् । बजारमा कुन तरकारीको माग छ र त्यसको मुल्य पनि भनेजति पाईन्छ त्यही अनुसार किसानहरु उत्पादन गर्न लागेका हुन् ।
अहिले नारायण नगरपालिका – ११ जुफियाका किसानहरुले उपभोक्ता माग, चाहना अनुसार तरकारी उत्पादन गर्न थालेका हुन् । अहिले बेमौसम काँक्रा र करेलाले उनीहरुको बारी टनाटन भरिएको छ । उनीहरुले २४ टर्ने