
माछापालनबाट वार्षिक दश लाख आम्दानी
प्रकाशित मितिः २ मंसिर २०७३, बिहीबार १५:३३
बेलौरी नगरपालिका–२ का वन्धुराम चौधरीले वार्षिक ५० क्विन्टल माछा बिक्री गर्दै आएका छन् । दुई दशकदेखि माछापालन व्यवसायमा संलग्न चौधरीले सुरुमा रु एक लाख लगानी गरी दुईवटा पोखरीमा माछापालन गरेका थिए । हाल उनले रु ३६ लाख लगानी गरेर सात बिगाहा जग्गामा सातवटा पोखरी निर्माण गरेका छन् ।
व्यवसाय विस्तार गरेसँगै आम्दानी बढ्दै गएको छ । “माछापालनमा वार्षिक रु २० लाख खर्च लाग्छ, खर्च कटाएर रु १० लाख आ