☰ open Loading... 24 November 2024|  

कृषि/पशु

भुकम्पले ५ सय १३ वटा पशुहरु मरे

भुकम्पले ५ सय १३ वटा पशुहरु मरे

    प्रकाशित मितिः ४ पुष २०८०, बुधबार १०:०४
भुकम्पमा परेर ५ सय १३ पशुहरुको मृत्यु भएको कर्णाली प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । पशुहरु मर्दा जाजरकोट र रुकुममा २ करोड ५२ लाख बरारवार क्षेति भएको मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए । चालु र आगामी आर्थिक वर्षमा भैसी, बाख्रा प्रर्वधनका कार्यक्रम प्रभावित क्षेत्रमा गरिने प्रवक्ता कठायतले बताए ।
भुकम्पबाट १५ सय ३३ गोठ पूर्ण रुपमा भत्किए

भुकम्पबाट १५ सय ३३ गोठ पूर्ण रुपमा भत्किए

    प्रकाशित मितिः ४ पुष २०८०, बुधबार ०९:५६
भुकम्पबाट कृषि क्षेत्रमा भएको क्षेती र प्रभावका बारेमा प्रदेश सरकारबाट टोली खटिएर तयार पारेको रिर्पोटमा १५ सय ३३ गोठ पूर्ण रुपमा भत्किएको छ । जसबाटँ ५ करोड ५० लाख रकम बराबर क्षेती भएको कर्णाली प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकाले एक कार्यक्रममा जनाएको हो । गोठ निर्माण तथा पशु प्रर्वधनका लागि प्रदेश सरकारले विभिन्न संघ संस्थाहरुसंग समन्वय गरी कार्यक्रम गर्नका लागि आह्वान ग
भूकम्प प्रभावित क्षेत्रमा करोडौँको कृषि कार्यक्रम

भूकम्प प्रभावित क्षेत्रमा करोडौँको कृषि कार्यक्रम

    प्रकाशित मितिः ३ पुष २०८०, मंगलवार १५:३५
भूकम्प प्रभावित क्षेत्रमा साढे ६ करोड रुपैयाँ खर्च हुने गरि कृषि उपजजन्य कार्यक्रममा गर्न लागिएको छ।विश्व खाद्य तथा कृषि संगठनको सहयोगमा भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्रालय कर्णाली प्रदेश मार्फत पशु तथा कृषि क्षेत्रमा कार्यक्रम गर्न लागेको हो। कर्णाली एकिकृत ग्रामिक विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल सहजीकरणमा विपद् पश्यातको हरित पुनर्स्थापना कार्यक्रममा मार्फत भूकम्प प्रभावित जाज
मौरीपालनमा आकर्षण

मौरीपालनमा आकर्षण

    प्रकाशित मितिः २ पुष २०८०, सोमबार १३:१७
पछिल्लो समय गुल्मी जिल्लाका कृषकको मौरीपालनमा आकर्षण बढ्न थालेको छ। कम लगानीमा अर्गानिक उत्पादन र उच्च मूल्य पाउने भएकाले मौरी पालनमा ग्रामीण क्षेत्रका कृषकको आकर्षण बढेको हो। आर्थिक वर्ष २०७९/८० मा जिल्लाभर ४ हजार ५ सय कृषकले मौरी पालन गर्दै आएका थिए। यस आर्थिक वर्षमा २०८०/८१ मा कृषकको संख्या बढेर ४ हजार ६ सय ४५ पुगेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ। हाल गुल्मीमा आधुनिक र परम्परागत गर
सलकपुरमा ६ करोडको सुन्तला बिक्री

सलकपुरमा ६ करोडको सुन्तला बिक्री

    प्रकाशित मितिः १ पुष २०८०, आईतवार १७:४१
इलामको रोङ गाउँपालिका-६, सलकपुरका किसानले सुन्तला बिक्रीबाट मनग्य आम्दानी लिने गरेका छन् । यहाँ उत्पादित सुन्तला बोटबाटै बिक्री हुन थालेपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् । यहाँ उत्पादित सुन्तला खरिदका लागि भारतीय र झापाका व्यापारी किसानका बारीमा पुग्ने गरेका छन् । स्थानीय सुन्तला किसान खगेन्द्र राईले अलैँची मासेर १५ रोपनी जमिनमा व्यावसायिकरूपमा सुन्तला खेती सुरु गरेको बताए । करिब
जसले सरकारी अनुदान अस्वीकार गरे!

जसले सरकारी अनुदान अस्वीकार गरे!

    प्रकाशित मितिः ३० मंसिर २०८०, शनिबार ०७:५२
कृषि पेसा गर्न अधिकांशले सरकारी अनुदानको आशा गर्छन्। कतिपयले त अनुदान पाउनकै लागि मात्र यो पेसा अँगालेको पनि पाइन्छ। तर चितवनका केही किसानले सरकारले दिएको अनुदान लिँदैनन्। त्यसैमध्येका एक हुन्-गणेश भुसाल। अर्घाखाँची स्थायी घर भएका भुसाल निरन्तर कर्म गरिरहने, सरकारी अनुदान र सहयोगको आशा नगर्ने नमुना किसानमा पर्छन्। भुसालले भरतपुर महानगरपालिका–२५ स्थित पर्साढापमा २० वर्षदेखि निरन्तर तरकारी तथा
कर्णालीमा३० दशमलव ५ प्रतिशत कृषक कुषिमा आत्मनिर्भर

कर्णालीमा३० दशमलव ५ प्रतिशत कृषक कुषिमा आत्मनिर्भर

    प्रकाशित मितिः २७ मंसिर २०८०, बुधबार १९:३१
कृष्ण शर्मा सुर्खेत - कर्णालीमा ३० दशमलव ५ प्रतिशत कृषक परिवार मात्र आफ्नो उत्पादनमा आत्मनिर्भर रहेको पाईएको छ ।राष्ट्रिय तथ्याङ्क कार्यालयलले सुर्खेतमा सार्वजनिक गरेको सातौ राष्ट्रिय कृषि गणना २०७८ को तथ्याङ्क अनुसार कर्णालीका ३० दशमलव ५ प्रतिशत कृषक परिवार मात्रै आत्मनिभर रहेको पाइएको हो । तथ्याङ्क सार्ववनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमख बद्रि कुमार कार्कीले कर्णालीमा आत्मनिर्
सुन्तला महोत्सव हुने

सुन्तला महोत्सव हुने

    प्रकाशित मितिः २६ मंसिर २०८०, मंगलवार १४:०३
चितवनको इच्छाकामना सुन्तलाका उत्पादनका लागि उर्वरभूमि हो। यतिबेला इच्छाकामना गाउँपालिकाकाको तामिन, काउँले, माझगाउँ, सिरानगाउँ, तोक्दाङलगायत गाउँ सुन्तला पाकेर पहेँलपुर हुन थालेको छ। सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। आफ्नो क्षेत्र भित्रका अधिक सुन्तला उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न यस पटक सुन्तला महोत्सव गर्न यही पुसको
अब कृषियोग्य जग्गामा रजिष्ट्रेशन शुल्क छुट हुने

अब कृषियोग्य जग्गामा रजिष्ट्रेशन शुल्क छुट हुने

    प्रकाशित मितिः २५ मंसिर २०८०, सोमबार २०:२५
स्थानीय तहले जग्गा वर्गीकरण गर्दा कृषि योग्य जमिन घटाउदै गए पछि सरकारले कृषि योग्य जमिन कायम राख्न कर छुट लगायतका विभिन्न नयाँ नीति ल्याउने भएको छ। भू उपयोग ऐन २०७६ र भूउययोग नियमावली २०७९ मा सबै स्थानीय तहले आफ्नो पालिका भित्र रहेको सबै जग्गा १० शीर्षकमा वर्गीकरण गर्नु पर्ने अनिवार्य व्यवस्था गरिएको छ।उक्त व्यवस्था अनुसार धेरैजसो स्थानीय तहहरूले जग्गा वर्गीकरण गरेका छन। तर जग्गा वर्गीकरण गर्दा
जाजरकोट भूकम्पबाट ९ करोड बराबरको खाद्यान्न क्षति

जाजरकोट भूकम्पबाट ९ करोड बराबरको खाद्यान्न क्षति

    प्रकाशित मितिः २५ मंसिर २०८०, सोमबार १२:०६
जाजरकोट भूकम्पबाट नौ करोड रूपैयाँभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । ३४ हजार ५०१ घरमा भण्डारण गरिएको ९ करोड २६ लाख ५८ हजार ९०० रूपैयाँ बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट ९ हजार ७९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । ६.४ म्याग्निच्युडको भूकम्पले भत्किएका ३४ हजार ५०१ घरमा भण्डार