☰ open Loading... 15 January 2025|  

वेथिति

संसद् विकास कोषको रकम तालिम भत्तामा

संसद् विकास कोषको रकम तालिम भत्तामा

    प्रकाशित मितिः ३ पुष २०७३, आईतवार १९:४६
जिल्लाबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने पाँच सांसदले आफ्नो संसद् विकास कोषको रकम बाँडफाँट गरेका छन् ।  सांसदले आफ्ना प्रतिनिधिमार्फत जिविसमा वितरण गरिएको योजना पेस गरेका छन् । वितरण गरिएको रकम अधिकांश तालिम भत्ता, अन्तक्र्रिया, मर्मत र निर्माणमा विनियोजन गरिएको छ । प्रत्येक सांसदले रु ५० लाख आफ्नै निर्णयमा योजना निर्माण गरी विनियोजन गर्ने प्रावधानअनुसार योजना बाँडफाँट गरिएको हो । सांसद
सार्वजनिक खानेपानीका धारा हराउँदै

सार्वजनिक खानेपानीका धारा हराउँदै

    प्रकाशित मितिः ३ पुष २०७३, आईतवार १९:४०
सार्वजनिक खानेपानीका धारा लोप हुँदै जान थालेका छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले गत वर्षदेखि सार्वजनिक धारालाई विस्थापन गरेर एक घर एक धारा बनाइदिन थालेपछि सार्वजनिक धारणा बनाउनै छाडिएको छ । सबैलाई खानेपानीको पहुँचमा पु¥याउन र सरकारको लगानीलाई सही सदुपयोग गर्नका लागि सार्वजनिक धारालाई विस्थापन गरेर एक घर एक धाराको अवधारणा सुरु गरिएको कार्यालय प्रमुख विकेश बधानथाछेले बताए ।
दलित महिलामाथि कुटपीट

दलित महिलामाथि कुटपीट

    प्रकाशित मितिः ३ पुष २०७३, आईतवार १९:३४
दैलेख । दैलेखको रानीवन गाविस–१ लामिडाँडाकी २९ वर्षीया सरिता सुनारलाई जातीय हिसावले अपमानसंगै कुटपीट भएको छ । सोही ठाउँकी ४१ वर्षीया लालकुँवारा सिंह र उनकी बुहारी २१ वर्षीया बिष्णा सिंहले कुटपीट गरेको प्रहरीले जनाएको छ । धारामा पानी भर्दा लसपस गर्न खोजेकी भन्दै २ साताअघि विवाद भएकोमा पछिल्लो समय शनिवार दिउँसो लालकुँवाराको घर आगनमा बनतर्फ लैजादै गरेको बाख्राले घाँस खाएको विषयलाई लिएर कुटपीट भएको
गाविसको खातामा रकम, सचिव बेखबर

गाविसको खातामा रकम, सचिव बेखबर

    प्रकाशित मितिः ३ पुष २०७३, आईतवार ११:४९
 डोटी । गाविसको रकम हिनामिना गरेर फरार भएका डोटीका एक सचिव अझै बेखबर रहेका छन् । सामाजिक सुरक्षा भत्तावापतको लाखौँ रकम लिएर पोखरी र जिजौडामाण्डौ गाविसबाट दसैँदेखि फरार भएका गाविस सचिव ईश्वरबहादुर सिंहले हिनामिना गरेको रकम मध्ये केही रकम गाविसको खातामा जम्मा गरेको तर आफू भने बेखबर भएको जिविस, डोटीले जानकारी दिएको छ । सिंहले मङ्सिर २९ गते दुवै गाविसका लागि रु ३७ लाख ४९ हजार ६२३ बैंकमा जम्मा गरे
५० लाख सक्न, रातारात उपभोक्ता समिती

५० लाख सक्न, रातारात उपभोक्ता समिती

    प्रकाशित मितिः ३० मंसिर २०७३, बिहीबार १४:५९
स्थानीय विकास मन्त्रालयबाट आएको बजेट सक्न दैलेखको लाँकुरीमा रातारात उपभोक्ता समिति गठन गरेको पाईएको छ । मन्त्रालयले आर्थिक केन्द्र र दुई जिल्ला जोड्ने सडक निर्मांणका लागि दिएको रकम सक्न रातारात मनपरि रुपमा उपभोक्ता समिति गठन गरेको हो । चुप्रा – अतुराली – सेर्माकोट – शिखरद्धार हुदै कट्टी जोड्ने सडकका लागि गठन भएको उपभोक्ता समिति रातारात बनाईएको उजुरी परेको छ । ५० लाख रुपैँया बजेट विनियोजन
३४ शिक्षकलाइ स्कुल नजानुकाे कारण माग

३४ शिक्षकलाइ स्कुल नजानुकाे कारण माग

    प्रकाशित मितिः ३० मंसिर २०७३, बिहीबार ०९:२०
वीरेन्द्रनगरका १५ विद्यालयकाे छड्के अनुगमन सुर्खेत । जिल्लाका अधिकास विद्यालयहरुमा दैनिक २५ प्रतिशत विद्यार्थीहरु विद्यालयमा अनुपस्थिती भएको पाइएको छ । जिल्ला शिक्षा कार्यालय सुर्खेतले गरेको छड्के अनुगमनका क्रममा यस्तो पाइएको हो । ७५ प्रतिशत विद्यार्थीहरु मात्र दैनिक विद्यालय जाने गरेको सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले बताए । घरायसी समस्या कारणले कम उपस्थित हुने गरेको जिशिअ शाहको
कमाउने लोभमा अनुमतिबिना सयौं विद्यार्थी भर्ना

कमाउने लोभमा अनुमतिबिना सयौं विद्यार्थी भर्ना

    प्रकाशित मितिः २९ मंसिर २०७३, बुधबार १५:४८
डडेल्धुराको पोखरा स्थित डडेल्धुरा पारामेडिकल क्याम्पसले अनुमतिबिना धमाधम विद्यार्थी भर्ना गरेपछि १ सय ६० जना विद्यार्थीको भबिष्य अन्यौलमा परेको छ। पारमेडिकल कलेजले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् ९सीटीइभीटी०बाट कम कोटाको अनुमित लिएर धेरै कोटामा विद्यार्थी भर्ना गर्दा सयौंको भबिष्य अन्यौलमा परेको हो। पैसाको प्रलोभनमा क्याम्पसले अबैधानिक विद्यार्थी भर्ना गराएर लाखौ रुपैया उठाएको थियो। तर ति
अधिकांश ग्रामीण सडक मापदण्ड विपरीत

अधिकांश ग्रामीण सडक मापदण्ड विपरीत

    प्रकाशित मितिः २९ मंसिर २०७३, बुधबार १४:४१
डडेल्धुरा जिल्ला सदरमुकामबाट ग्रामीण क्षेत्रमा जाने अधिकांश सडक मापदण्डविपरीत रहेका छन् ।  सडकहरु निर्माण भई यातायत सुचारु अवस्थामा रहेको भए तापनि जिल्ला प्राविधिक कार्यालयलाई भने ती सडकका बारेमा कुनै जानकारी समेत नरहेको जनाइएको छ । जिल्लामा रहेका केही ग्रामीण सडकमा यातायात सञ्चालन गर्नका लागि जोखिमपूर्ण भए पनि यातायात व्यवसायीदेखि अन्य सरोकारवाला निकायले भने कुनै चासो देखाएको छैन । जिल्लाको डुङ्
सांसदको दराज अलपत्र

सांसदको दराज अलपत्र

    प्रकाशित मितिः २७ मंसिर २०७३, सोमबार १३:२०
निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट खदिर गरिएका दराजहरु दुई वर्षदेखी वितरण नगरेर अलपत्र अवस्थामा थन्किएको छ । क्षेत्र नम्वर २ को राकमकर्णालीमा खरिद गरेर ल्याएका ८ थान दराज वितरण नगरेर लथालिंग अवस्थामा अलपत्र परेको हो । आर्थिक वर्ष ०७१÷०७२ मा खदिर गरिएका नेकपा (एमाले) सांसद माननिय लक्ष्मीप्रसाद पोखरेलको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राप्त देखीका दराजहरु अलपत्र अवस्थामा रहेका छन् । ज
अवैध काठ ओसार्ने सात महिला पक्राउ

अवैध काठ ओसार्ने सात महिला पक्राउ

    प्रकाशित मितिः २६ मंसिर २०७३, आईतवार १७:३०
जिल्ला वन कार्यालय सुर्खेतले अवैध काठ ओसार पसार कार्यमा संलग्न सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१४ वामेखोला क्षेत्रबाट सालको चिरान काठसहित वन कार्यालयले सात जनालाइ पक्राउ गरेको हो । आइतबार विहान करिव २ बजेतिर वन कार्यालयका कर्मचारीले विशेष सुराकीका आधारमा पक्राउ गरेको वन कार्यालय वन अधिकृत हेमराज विष्टले जानकारी दिए । २० थान चिरान काठसहित पक्राउ पर्नेमा वीरेन्द्रनगर २० का व