नाला भत्काएर चौडा बनाइँदै मध्यपहाडी लोकमार्ग
प्रकाशित मितिः १९ पुष २०७७, आईतवार १४:०८
दैलेख — राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको दैलेख खण्डमा यसअघि बनेका नालालगायत संरचना भत्काएर सडक चौडा पार्न थालिएको छ । झन्डै ६ वर्षअघि बनेका नाला र ग्राभेल भत्काएर सडक चौडा बनाइँदा यसअघिको लगानी खेर गएको छ ।आयोजनाले ‘बेस चौडाइ’ का नाममा धमाधम पुराना संरचना भत्काउन थालेको हो । २०७१ मा लोहोरे खोलाबाट दैलेख बजारसम्म १० किलोमिटरमा ७ मिटर चौडाइको ग्राभेल र नाला निर्माण गरिएको थियो । यस व







