डोल्पामा छ महिनापछि विद्युत सेवा सुचारू
प्रकाशित मितिः २४ असार २०७६, मंगलवार १४:१५
डोल्पा : हिमाली जिल्ला डोल्पामा छ महिनापछि विद्युत सेवा सुचारु भएको छ। ठुलीभेरी नगरपालिकामा पर्ने २०० किलोवाट क्षमताको जैरीगाढ जलविद्युत आयोजना अवरुद्ध भएको करिब छ महिनापछि सुचारु भएको हो। लामो समयदेखि अवरुद्ध जलविद्युत आयोजना सोमबारदेखि सुचारु भएपछि सर्वसाधारण खुशी भएकाछन्।
विद्युतको नहरमा गत फागुनमा करिब ६० मिटर सुख्खा पहिरो जाँदा विद्युतसेवा बन्द भएको थियो। नेपाल विद्युत प्राधिकरणको ५५ लाख ल









