उपल्लो डोल्पामा पुग्याे नेपाल टेलिकम
प्रकाशित मितिः १६ बैशाख २०७५, आईतवार १७:१४
बैशाख १६, २०७५ दुनै–
दुर्गम हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने धो बस्तीमा पहिलो पटक नेपाल टेलिकमको सेवा विस्तार भएको छ । डोल्पाको बुद्ध गाउँपालिकामा पर्ने उपल्लो डोल्पामा पहिलो पटक नेपाल टेलिकमको नमस्ते मोबाइल फोन सेवा शुरु भएपछि त्यहाँका बासिन्दाले मोबाइलबाट देश विदेशमा कुरा गर्न पाएका छन् । फोन सेवाको अभावमा वर्षौंदेखि सम्पर्कविहीन हुँदै आएको धोका बासिन्दा सञ्चार सुविधामा जोडिएपछि








