☰ open Loading... 21 November 2024|  

विकास

सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति

सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति

    प्रकाशित मितिः ३२ जेष्ठ २०८१, शुक्रबार १२:३५
जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ। ‘चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ रु ८३ करोड ९८ लाख विनियोजन भएको थियो, जेठ मसान्तसम्म रु ७६ करोड ५२ लाख २७ हजार बजेट खर्च भइसकेको छ’, आयोजनाका इन्जिनियर सन्देश पौडेलले भने। चालु आवमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहरको बाँकी कामको ठेक्का व्यवस्थापन, पश्चिमी मूल न
दुई वर्षमा कर्णाली सरकारले ११७ किलोमिटर कालोपत्रे

दुई वर्षमा कर्णाली सरकारले ११७ किलोमिटर कालोपत्रे

    प्रकाशित मितिः ३० जेष्ठ २०८१, बुधबार १९:३३
कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको जेठ महिनासम्म गरी २३ महिनामा ११७.१३ किलोमिटर सडक कालोपत्रे गरेको छ । गत आर्थिक वर्षमा सरकारले ७८.९५ किलोमिटर सडक कालोपत्रे गरेको थियो । यस्तै चालु आर्थिक वर्षको जेठसम्म ३८.१८ किलोमिटर सडक कालोपत्रे गरिएको छ । असार मसान्तसम्म यो तथ्याङ्क केही मात्रामा बढ्ने देखिएको छ । प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ मा ३३.०२, आर्थिक वर्ष ०७८/७९ मा
हुम्लामा जोडियो राष्ट्रिय सडक

हुम्लामा जोडियो राष्ट्रिय सडक

    प्रकाशित मितिः २१ जेष्ठ २०८१, सोमबार २०:५३
देशका ७७ जिल्लामध्ये हालसम्म सडक सञ्जालले नछोएको एक मात्र जिल्ला सदरमुकाम हुम्लाको सिमकोटमा पनि सडक पुगेको छ। राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाको सदरमुकाम सिमकोटमा पहिलो पटक नेपालकै बाटो हुँदै यातायात सेवा पुगेको हो। चीनको सीमा हुँदै सिमकोटमा पहिला नै सडक पुगे पनि नेपालकै बाटो हुँदै भने सडक पुगेको यो पहिलो पटक भएको सरकारको दाबी छ। नेपालमा सडक निर्माणको सुरुवात १९८० को दशकमा काठमाडौं उपत्यक
रारा पुग्ने छोटो बाटो स्तरोन्नति सुरु

रारा पुग्ने छोटो बाटो स्तरोन्नति सुरु

    प्रकाशित मितिः १२ जेष्ठ २०८१, शनिबार १२:१९
रारा ताल जाने पर्यटकीय सडक विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाको आर्थिक तथा प्राविधिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाको तली तुम गाउँदेखि वडा नं ३ लामाचौरसम्मको सडक विस्तारको काम थालिएको हो । जिल्ला सदरमुकाम गमगढीबाट रारा पुग्न पैदल २ घण्टा र गाडीमा रारा विमानस्थल हुँदै जाँदा ३० मिनेट लाग्छ । गमगढी लामाचौर दूरी छोटो हुने भएकाले सडक विस्तारको काम सुरु गरिएको स
भिरमौरामा विकासले राहत ल्याउँदै

भिरमौरामा विकासले राहत ल्याउँदै

    प्रकाशित मितिः ७ जेष्ठ २०८१, सोमबार ०९:५५
गाउँबिचबाट सडक खन्न लाग्दा खुसी भएका दैलेखका नारायण नगरपालिका–४ स्थित ठाडीखोला र भिरमौराका स्थानीयहरू वर्षा सुरु भएसँगै आएको पहिरोले स्थानीयहरू पीडित भए। विकाससँगै गाउँमा विनास देखा पर्न थाल्यो। पहिरोले खेतबारीहरू बगर हुन थाले, पाहानहरू सुक्न थाले, अहिले खेतहरूमा सिँचाइ गर्ने कुलो बग्यो। गाउँमा आएको सडकका कारण खानेपानी, सिँचाइदेखि उब्जनीसमेतमा असर पर्न थालेपछि स्थानीयहरूमा बेचैनी भयो। खेत बगर छ
भेरी करिडोरको तल्नुबगरमा बेलिब्रिज सञ्चालन

भेरी करिडोरको तल्नुबगरमा बेलिब्रिज सञ्चालन

    प्रकाशित मितिः ५ जेष्ठ २०८१, शनिबार २१:१८
त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालनमा आएको छ । जाजरकोटको नलगाड नगरपालिका-१२ र रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको अनाह जोड्ने भेरी नदीमा बनेको उक्त ‘बेलिब्रिज’ आजदेखि सञ्चालनमा आएको हो । भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरअन्तर्गत तल्नुबगर बेलिब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको व्यवसायीहरुले बताए । विसं २०७८ पुसमा हिम
विकासको मुहार फेर्दै पठान बस्ती

विकासको मुहार फेर्दै पठान बस्ती

    प्रकाशित मितिः १ जेष्ठ २०८१, मंगलवार १६:३७
२०२४ सालमा दैलेख र जाजरकोटबाट बस्ती सरेको वीरेन्द्रनगर नगरपालिका –१० स्थित पठान बस्तीमा ५७ वर्षपछि विकास देखिन थालेको छ। विगत ३ वर्षअघिदेखि स्थानीयहरुको अग्रसरतामा विकासे कार्यालयहरुमा आफ्ना समस्याहरु राख्न थालेपछि अहिले पठान टोलमा केही विकासका कार्यक्रमहरु हुन थालेका हो। वर्षैदेखि १ सय २४ घरधुरीका नागरिकहरुले फोहोर कुवाको पानी खानुपर्ने समस्या उनीहरुको थियो। अहिले कर्णाली प्रदेश सरकार जलश्रोत

कर्णालीमा अझै सुरु भएन बजेट निर्माण प्रक्रिया

    प्रकाशित मितिः २९ बैशाख २०८१, शनिबार १६:१०
प्रदेश सरकारले असार १ गते वार्षिक बजेट ल्याइसक्नुपर्ने हुन्छ । संवैधानिक व्यवस्था अनुसार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष (०८१/०८२) को बजेट प्रस्तुत गर्ने समय आउन ३५ दिनमात्रै बाँकी छ । तर, अहिलेसम्म बजेट निर्माणको प्रक्रिया नै सुरु भएको छैन । यसअघि चैत महिनादेखि नै बजेट सिलिङ वितरण हुँदै आए पनि यो पटक अहिलेसम्म मन्त्रालयहरूलाई सिलिङ दिइएको छैन । अर्थ मन्त्रालयका कर्मचारीहरूका अनुसार सर
प्रधानमन्त्रीले गरे सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

प्रधानमन्त्रीले गरे सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

    प्रकाशित मितिः २६ बैशाख २०८१, बुधबार १३:२९
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका छन्। प्रधानमन्त्री दाहालले टिबीएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न पसेको टिबीएम मेसिन सुनकोशी नदी किनार कानढुङ्ग्रीबाट बाहिर निस्किएको थियो। राष्ट्रिय गौरवको आयोजना सुनकोश
दैलेखमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण सुरु

दैलेखमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण सुरु

    प्रकाशित मितिः २३ बैशाख २०८१, आईतवार १८:२९
दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको पेट्रोलियम पदार्थ अन्तिम अन्वेषणका लागि ड्रिलिङ शुभारम्भ गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र चाइना जियोलोजिकल सर्भे प्रोजेक्टका इन्चार्ज डा. याङ्ग पिङ्गले चिन र नेपालको अन्वेषण स्थलमा झण्डोत्तलन गरी शुभारम्भ गरेका हुन्। २०७६ साल असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम ड्