सुर्खेत विमानस्थलमा ‘फायर स्टेशन’ बन्दै
प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १४:१६
सुर्खेत विमानस्थलमा ‘फायर स्टेशन’ बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा हुन सक्ने अग्निसम्बन्धी दुर्घटना कम गर्न ‘फायर स्टेशन’ निर्माण गर्न लागेको हो ।
त्यसका लागि प्रारम्भिक कार्य शुरू भएको सुर्खेत विमानस्थलले जानकारी दिएको छ । प्राधिकरणसँग लामो सयमदेखि सुर्खेतमा ‘फायर स्टेशन’ निर्माण गर्न माग गरिरहेको विमानस्थलका प्रमुख विनोदकुमार पन्तले बताए ।
‘सुर्खेत विमानस्थल सञ्चालन