‘एभेन्जर्स’को व्यापारः भारतमा सय करोड कट्यो, चीनमा ३ दिनमै १५ सय करोड’
प्रकाशित मितिः १६ बैशाख २०७६, सोमबार ११:१४
हलिउडको बीग रिलिज ‘एभेन्जर्सः इन्ड गेम’ले विश्वव्यापी रुपमा चमत्कारिक व्यापार गरिरहेको छ । यो चलचित्रले विश्वभरबाट जुन खालको व्यापार गरिरहेको छ, यसले ‘अवतार’को व्यापारलाई जित्ने अनुमान लगाइएको छ ।
चलचित्रले भारतमा दुई दिनमै सय करोड माथिको व्यापार गरेको छ । पहिलो दिनमा ५३ करोडको व्यापार गरेको चलचित्रले शनिबार ५१ करोडको व्यापार गरेको छ । दुई दिनमै १०४ करोडको व्यापार गरेको यो हलिउड चलचित्रले ३ दिनमा