पूरा कोर्स पढ्न नपाउँदै वार्षिक परीक्षा
प्रकाशित मितिः ७ मंसिर २०७६, शनिबार ०९:४८
जुम्ला : जुम्लाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले कोर्स पूरा नहुँदै वार्षिक परीक्षा दिनुपर्ने बाध्यता छ। ग्रामीण भेगमा समयमै पाठ्यपुस्तक नपुग्नु र पुगे पनि नियमित शिक्षक विद्यालयमा अनुपस्थित हुने गरेका कारण पढाइ पूरा नहुँदै परीक्षा दिनुपर्ने बाध्यता रहेको हो।
जुम्लाका सामुदायिक विद्यालयहरूले यही मंसिर महिनाको पहिलो सातादेखि अन्तिमसम्म वार्षिक परीक्षा सञ्चालन गर्दै आएका छन्। कनकासु