☰ open Loading... 25 November 2024|  

शिक्षा

रोल्पाका महिला आङखस्ने रोगबाट पीडित

रोल्पाका महिला आङखस्ने रोगबाट पीडित

    प्रकाशित मितिः २९ मंसिर २०७३, बुधबार ०९:४४
रोल्पा । रोल्पामा आङ खस्ने रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दै गएको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको घुम्ती स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका महिलामध्ये अधिकांशमा सो समस्या देखिएको हो । अघिल्लो आवमा सो सङ्ख्या ५८ रहेकोमा गत आवमा एकसय आठ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिनुभयो । तीमध्ये
तलब नपाउँदा ऋण काढेर घरखर्च चलाउँदै  शिक्षक

तलब नपाउँदा ऋण काढेर घरखर्च चलाउँदै शिक्षक

    प्रकाशित मितिः २८ मंसिर २०७३, मंगलवार १३:३६
कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाको बेलडाँडीमा रहेको सिद्धनाथ आधारभूत विद्यालयका निजी स्रोतका तीनजना शिक्षकले छ महिनादेखि तलब पाउन सकेका छैनन् । सामुदायिक वनले तलबका लागि रकम दिन छाडेपछि निजी स्रोतका शिक्षकले तलब पाउन नसकेका हुन् । सामुदायिक वनको आम्दानी घटेपछि विद्यालयलाई प्रतिवर्ष दिँदै आएको रकम दिन सकेन, विद्यालयका शिक्षक हर्कबहादुर ऐरले भने, “विद्यालयसँग वैकल्पिक आर्थिक स्रो
पहिलो पटक घुम्ती शिविर

पहिलो पटक घुम्ती शिविर

    प्रकाशित मितिः २८ मंसिर २०७३, मंगलवार १३:३३
धनगढी । भौगोलिक विकटताका कारण सरकारी संयन्त्रका दृष्टिमा निकै टाढा कैलालीको मोहन्याल गाविसमा पहिलो पटक जिल्ला प्रशासन कार्यालयको पहलमा घुम्ती शिविर गरिएको छ । चुरे पहाड क्षेत्रमा पर्ने अति विकट मोहन्याल गाविसको कटुन्जेमा सोमबार र आज मङ्गलबार आयोजना गरिएको शिविरमा झन्डै ४०० स्थानीय बासिन्दालाई सेवा उपलब्ध गराइएको प्रजिअ गोविन्दप्रसाद रिजालले बताए । प्रजिअ रिजाल, स्थानीय विकास अधिकारी केशव
मध्यपश्चिममा शिक्षा क्षेत्रका उजुरी धेरै

मध्यपश्चिममा शिक्षा क्षेत्रका उजुरी धेरै

    प्रकाशित मितिः २८ मंसिर २०७३, मंगलवार ०८:५३
यहाँको एउटा कार्यक्रममा मध्यपश्चिम विकास क्षेत्रमा शिक्षाका उजुरी सबैभन्दा बढी परेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतद्वारा सोमबार जुम्लामा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो । आयोगको कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख जङ्गबहादुर डाँगीले मध्यपश्चिममा
वैकल्पिक शिक्षा लिएका बालबालिका विद्यालय भर्ना

वैकल्पिक शिक्षा लिएका बालबालिका विद्यालय भर्ना

    प्रकाशित मितिः २७ मंसिर २०७३, सोमबार ०९:४३
वैकल्पिक शिक्षामार्फत दक्षिण रोल्पाका ३५१ बालबालिका विद्यालय भर्ना भएको एक तथ्याङ्कले देखाएको छ । मानव अधिकार सचेतन केन्द्र रोल्पाले हालै दक्षिण रोल्पाका जौलिपोखरी, जेद्वाङ, करेटी, कोर्चवाङ, तालावाङ, गैरीगाउँ र घर्तीगाउँ गाविसमा गरेको सर्वेक्षणले यस्तो नतिजा देखाएको हो । यद्यपि सो क्षेत्रमा अझै विद्यालय उमेरका ११५ बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्कले देखाएको छ । यसरी विद्यालय बाहिर रहे
दुर्गमका विद्यार्थीलाई रु. पाँच लाखकाे छात्रवृत्ति

दुर्गमका विद्यार्थीलाई रु. पाँच लाखकाे छात्रवृत्ति

    प्रकाशित मितिः २५ मंसिर २०७३, शनिबार १०:०५
  सल्यानको दुर्गम क्षेत्रका विद्यालयमा अध्ययन गर्ने १२० जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् । जिल्लाका उत्तरी क्षेत्रमा रहेका दार्माकोट ढाकाडाम, भल्चौर र जिमाली गाविसमा रहेका ४५ वटा विद्यालयका बालबालिकाले प्रतिविद्यार्थी झन्डै रु चार हजार बराबरको छात्रवृत्तिबापतका सामग्री प्राप्त गरेका हुन । सेभ द चिल्ड्रेनको सहयोगमा छात्रवृत्ति प्राप्त गर्नेमा ढाकाडाम गाविसका १३ विद्यालयका ४४ जना, भल्चौर ग
स्तनक्यान्सर रोगको सफल शल्याक्रिया

स्तनक्यान्सर रोगको सफल शल्याक्रिया

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १३:२५
 दाङ जिल्लामा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा स्तनक्यान्सरको सफल उपचार भएको हो । अस्पतालले स्थानीय सैघा गाविस– ५ निवासी ४२ वर्षीया चन्द्रकला थापामगरको स्तनको सफल शल्यक्रिया गरेको अस्पतालका सल्यचिकित्सक डा रमेश बस्नेतले जानकारी दिए ।  उनका अनुसार बिरामी दुई महिनादेखि स्तनक्यान्सरबाट ग्रसित थिइन । सो उपचारले जिल्लाका क्यान्सर रोगी उ
समैजी गाविस बालविवाहमुक्त क्षेत्र घाेषणा हुँदै

समैजी गाविस बालविवाहमुक्त क्षेत्र घाेषणा हुँदै

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १३:०६
केटा र केटीको मञ्जुरी बिना कम उमेरमै विवाह हुने गरेका करण सम्बन्धविच्छेद, मनमुटावलगायत घरायसी हिसांको समेत घट्ना बढेकाले स्थानीय समैजी गाविसलाई वालविवाहमुक्त गाविस बनाउन लागिएको छ । सदरमुकामबाट१५ किलोमिटरको दुरीमा रहेको सो गाविस पहिलो वालविवाहमुक्त गाविसको रुपमा घोषणा हुने तयारीमा छ । समैजी गाविसका वडा नं.३, ५,९ बाहेक सबै वडा वालविवाह मुक्त वडा घोषणा भएको र ती वडामा पनि कार्यक्रम सम्पन्न भए
बालबालिकाको दुरुपयोगप्रति सामाजिक सञ्जालमा चर्काे अाक्राेश

बालबालिकाको दुरुपयोगप्रति सामाजिक सञ्जालमा चर्काे अाक्राेश

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १०:०३
मेला, महोत्सव तथा अन्य र्यालीमा बालबालिकाहरुलाई गलत प्रयोग गरेकोमा सामाजिक सञ्जालमा चक्राे अाक्राेश जनाइएकाे छ । बिहीबारदेखि वीरेन्द्रनगरमा शुरु भएको कर्णाली एक्स्पो २०१६ अन्तर्राष्ट्रिय व्यापार मेलाको र्यालीमा सहभागी एक बालिकाको मृत्यु भएपछि कडा आलोचना गर्दै सामाजिक सञ्जालमा चाैतर्फी विराेध भएकाे हो । स्कुल पठाएकी समिक्षाको महोत्सव र्यालीमा सहभागी गराउँदा मृत्यु विद्यालयको लापरवाही र महोत्सव
स्कुल पठाएकी समिक्षाको महोत्सव र्यालीमा सहभागी गराउँदा मृत्यु

स्कुल पठाएकी समिक्षाको महोत्सव र्यालीमा सहभागी गराउँदा मृत्यु

    प्रकाशित मितिः २३ मंसिर २०७३, बिहीबार १९:३२
बिहीबारदेखि वीरेन्द्रनगरमा शुरु भएको कर्णाली एक्स्पो २०१६ अन्तर्राष्ट्रिय व्यापार मेलाको र्यालीमा सहभागी एक बालिकाको मृत्यु भएको छ । घरबाट अभिभावकले स्कुल पठाएकी वीरेन्द्रनगरकी समिक्षा आचार्यको र्यालीमा सहभागी हुन विद्यालयले पठाएको बेला मृत्यु भएको हो । वीरेन्द्रनगर नगरपालिकाको सनिलाइनमा रहेको सुर्खेत होराइजन एकेडमी कक्षा ९ मा अध्ययनरत छात्रा आचार्यको बिहीबार उपचारको क्रममा मृत्यु भएको प्रहरील