
८ महिनादेखि बगरमा पढ्दै विद्यार्थी
प्रकाशित मितिः १ माघ २०७३, शनिबार ०८:५४
जाजरकोट । जााजरकोटको लहँ–४ पीपलचौरमा रहेको जनता प्राथमिक विद्यालयका विद्यार्थी ८ महिनादेखि खोलाको बगरमा बसेर पढ्न बाध्य भएका छन् ।
गएको असारको बाढीपहिरोले विद्यालय भवन बगाएपछि विद्यार्थी खुला बगरमा बसेर पढ्न बाध्य भएका हुन् ।
बाढीले विद्यालयका दुई भवन बगाएपछि भवन नभएकोले बगरमा पढाउनु परेको प्रधानाध्यापक बलबहादुर रावलले जानकारी दिए ।
खोला किनारमा विद्यार्थी राख्नुको विकल्प नभएकाले चिसो बढ्दा