
‘छक्का पन्जा’मा छ महिला शक्ति
प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार १८:३४
छक्का पन्जाको टिप्पणी सुनेकै कारणले हेर्न गइनँ सुरुमा । तिहारमा बैनीहरुको जोडबलले हुल बाँधेर हलमा गयौं । टिकट नपाएर फर्कियौं । श्रीमान् श्रीमती फिल्म हेर्न गएका एउटा मात्र टिकट बाँकी बँचेको नारायणगणको जलमा हलमा । बुढालाई घर फर्काएर बुढीमात्र हलमा गइन् ।
भाइ बहिनी र भतिजा भतिजीसहितको जम्बो टिम लिएर पुगेका हामी खिस्रिक्क पर्यौं । बरु उनै श्रीमती मात्र फिल्म हेर्न गएको दृश्य र उनले आफ्ना श्रीमानला