
सिडिओ नै तीजमा छमछमी नाचेपछि…
प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार १९:५६
महिलाहरुले आयोजना गरेको तिज विशेष कार्यक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम उठेर महिलाहरु सँगै छमछमी नाच्दा दर्शक दिर्घबाट तालीको फोहरा छुट्यो । दर्शकहरु निकै रमाईलो मानेर प्रमुख जिल्ला अधिकारी लगायतका कार्यालय प्रमुख र स्थानियहरुको नाच हेरे ।
महिलाहरु आफु पनि नाचे र उपस्थित अतिथि लगायत सवै दर्शकहरुलाई पनि छमछमी नचाए । तिज विशेष कार्यक्रमले सदरमुकाममा तिजको रौनक ह्वात्तै बढाईदिएक