कर्णालीमा ५६.७८ प्रतिशत विद्यार्थी एसइईमा उत्तीर्ण
प्रकाशित मितिः १७ असार २०८२, मंगलवार १०:३७
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशका ५६.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार एसइईको नतिजा प्रकाशन गरेको थियो। गत वर्ष यस प्रदेशमा ४१ दशमलव ३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।
यो वर्ष कर्णाली प्रदेशबाट एसइई दिएका ३१ हजार सात सय ७३ विद्यार्थीमध्ये १८ हजार ४२ विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा विकास निर्देशनालय, सुर्खेतका अनुसार







