
शिव शिखरले विज्ञापनमा तोकेको तलब नदिएर झुक्कायो
प्रकाशित मितिः ९ पुष २०७७, बिहीबार १६:५७
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शाखा कार्यालयले विभिन्न पदमा ४० जनाको कर्मचारी चाहिने भन्दै विज्ञापन गर्यो । बेरोजगारले पिरोलिएका युवायुवती लामबद्ध भएर आवेदन दिन गए । विज्ञापनमै आकर्षक पारिश्रमिक उल्लेख गरिएपछि करिब आठ सयभन्दा बढी आवेदन दर्ता भए । योग्यता र क्षमताभन्दा भनसुनमा कर्मचारी छनोट गरिएको आरोप मात्र लागेन विज्ञापनमा उल्लेख गरिएअनुसारको नभइ घटाएर पारिश्रमिक दिने भन्ने कर्मच