बचतकर्ताको ६१ करोड हिनामिना गरेको आरोपमा पाँच पक्राउ
प्रकाशित मितिः ९ मंसिर २०८०, शनिबार २१:२३
बचतकर्ताले बचत गरेको ६१ करोड रुपैयाँ हाराहारी हिनामिना गरेको आरोपमा इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी संस्थाबाट ठगिएको भन्दै इटहरी उपमहानगरपालिकासहित कोशी प्रदेशस्तरीय सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय र प्रहरी कार्यालयमा उजुरी दर्ता गरेपछि अध्यक्ष फडिन्द्र मगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेक









