☰ open Loading... 1 November 2024|  

प्रदेश खबर

रुकुम बस दुर्घटनामा चार गम्भीर घाइते

रुकुम बस दुर्घटनामा चार गम्भीर घाइते

    प्रकाशित मितिः १२ बैशाख २०७४, मंगलवार ०६:५८
रुकुम । जिल्लाको सदरमुकाम मुसिकोट खलङ्गाबाट चौरजहारी नगरपालिका जाँदै गरेको बस सोमबार दुर्घटना हुँदा चारजना गम्भीर घाइते भएका छन् । चौरजहारी नगरपालिकाको नुवाकोट जाँदै गरेको ग १ ख ४२४५ नम्बरको जिप मुसिकोट नगरपालिका–४ बोहोरागाउँमा दुर्घटना भएको हो । दुर्घटनामा त्रिवेणी गाउँपालिका–१० का २६ वर्षीय दुर्गाबहादुर खड्का, मुसिकोट नगरपालिका–११ का ३५ वर्षीय नैन पुन, २५ वर्षीया गीता पुन ओली र २७ वर्षीया
लमही नगरपालिकामा चुनावको सरगर्मी

लमही नगरपालिकामा चुनावको सरगर्मी

    प्रकाशित मितिः ११ बैशाख २०७४, सोमबार १५:५७
दाङ । दाङको लमही नगरपालिकामा अहिले प्रमुख दल आ–आफनो पक्षमा मतदातालाई आकर्षित गर्नका लागि घरदैलो, अन्तक्र्रियालगायतका चुनावी कार्यक्रममा व्यस्त छन् । विभिन्न राजनीतिक दलले चुनावी प्रसार–प्रचार अघि बढाएपनि हालसम्म (माओवादी केन्द्र)बाहेक अन्य दलले नगर प्रमुख र उपप्रमुखमा आफ्नो उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । सो नगरपालिकामा प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले, रापप्रा, थरुहट लगायतक
आगलागीबाट एकै घरका तीन बालबालिकाको मृत्यु

आगलागीबाट एकै घरका तीन बालबालिकाको मृत्यु

    प्रकाशित मितिः ११ बैशाख २०७४, सोमबार १५:४६
नेपालगञ्ज । बाँकेको डडुवा गाउँपालिका–१ होलियाको कुडुवागाउँमा भएको आगलागीमा परेर एकै घरका तीनजना बालबालिकाको मृत्यु भएको छ । गएराति १२ बजे स्थानीय दुई छिमेकी दुलारे मुराउ र मुन्सी मुराउको घरमा लागेको आगलागीमा परी तीनजनाको मृत्यु भएको हो । आगोले जलेर घटनास्थलमा मृत्यु हुनेमा मुन्सी मुराउका छ वर्षीय बालक पवन मुराउ, आठ वर्षीय बालिका राधना मुराउ र १० वर्षीया बालिका सोनी मुराउ रहेको प्रमुख जिल्ला
हावाहुरीका कारण एककाे मृत्यु

हावाहुरीका कारण एककाे मृत्यु

    प्रकाशित मितिः ११ बैशाख २०७४, सोमबार ०९:५९
 बैतडी । वर्षासँगै चलेको हावाहुरीका कारण अछाममा एक वृद्घाको मृत्यु भएको छ । मृत्यु हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–३ की ५५ वर्षीया नरपता साउँद रहेकी प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए । आइतवार बेलुकी घर नजिकै रहेको खेतबाट फर्किरहेका बेला वर्षासँगै हावाहुरी चलेपछि ओत लाग्न नरपता रुखको फेदीमा गएपछि रुखको हाँगा भाँचिएर टाउकोमा लागी गम्भीर घाइते भएकी थिइन । गम्भीर घाइते नरप

चुनाव लड्न पाँच शिक्षकद्वारा राजीनामा

    प्रकाशित मितिः १० बैशाख २०७४, आईतवार १४:१२
बैतडी । स्थानीय चुनाव लड्नका लागि बैतडीका पाँच शिक्षकले राजीनामा दिएका छन् । राजीनामा दिने शिक्षकले टिकट पक्का भएपछि राजीनामा दिएको बताएका छन् । जिल्ला शिक्षा कार्यालय, बैतडीका नायब सुब्बा वसन्तबहादुर सिंहका अनुसार राजीनामा दिने शिक्षकहरुमा सीताराम प्रावि खेती थलाकाडामा कार्यरत शेरबहादुर चन्द, कैलपाल मावि ढाडवमा कार्यरत रामबहादुर कुँवर, ज्ञानेश्वर मावि सिद्घेश्वरमा कार्यरत पृथ्वीराज पन्त, शिवलिङ्
बर्दियामा माओवादी केन्द्रको उम्मेदवार घोषणा

बर्दियामा माओवादी केन्द्रको उम्मेदवार घोषणा

    प्रकाशित मितिः १० बैशाख २०७४, आईतवार १४:०६
बर्दिया । यही वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि बर्दियाका छ नगरपालिका र दुईवटा गाउँपालिकाका लागि नेकपा माओवादी केन्द्रले प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । राजापुर नगरपालिकाको प्रमुखमा दीपेश थारू तथा शिवप्रसाद थारू उपप्रमुखमा मनकला थारू, गेरुवा गाउपालिकाको प्रमुखमा बेहगराज थारू उपप्रमुखमा लीला थारू, मधुवन नगरपालिकाको प्रमखमा गणेश केसी उपप्रमुखमा सुभरानी थारूला
बालबालिका लक्षित बजेट बालबालिकाकै हितमा खर्च गरिने

बालबालिका लक्षित बजेट बालबालिकाकै हितमा खर्च गरिने

    प्रकाशित मितिः ९ बैशाख २०७४, शनिबार १६:४४
दैलेख : चामुण्डा विन्द्रासैनी नगरपालिकाका कार्यकारी अधिकृत हरिबहादुर खत्रीले नगरपालिकाले बालबालिका लक्षित बजेट बालबालिकाकै हित र कल्याणमा खर्च गरिने बताएका छन् । बालबालिका लक्षित कार्यक्रम बालबालिकालाई नै देखीने गरि खर्च गरिने कार्यकारी अधिकृत खत्रीले नगरपालिका स्तरिय बाल सञ्चालको भेलामा बताएका हुन् । उनले बालबालिकालाई शोषण, दमन अत्याचार विरुद्ध बाल क्लव सक्रिय भएर लाग्नु पर्ने बताए । बाल श्रमी
पत्रकार महासंघ शाखा सुर्खेतको अध्यक्षमा पुनः भारती निर्वाचित

पत्रकार महासंघ शाखा सुर्खेतको अध्यक्षमा पुनः भारती निर्वाचित

    प्रकाशित मितिः ९ बैशाख २०७४, शनिबार ०६:३५
सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको अध्यक्षमा फेरी गणेशकञ्चन भारती निर्वाचित भएका छन् । शुक्रबार ४ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा जम्मा १३७ मत खसेका थियो । अध्यक्ष भारतीले ७३ मत ल्याएर उनका निकटतम प्रतिद्वन्दी लक्ष्मण भण्डारीलाई १० मतको अन्तरले पराजित गरेका छन् । भण्डारीले ६३ मत ल्याएका छन् । भारती प्रेस युनियन, प्रेस सेन्टर र मिडिया नेपाल संयुक्त प्यानलका हुन भने भण्डारी प्रगतिशिल
गुण्डागर्दी हिड्ने पाँच जना पक्राउ

गुण्डागर्दी हिड्ने पाँच जना पक्राउ

    प्रकाशित मितिः ६ बैशाख २०७४, बुधबार १८:४३
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले गुण्डागर्दी गर्दै हिड्ने ५जना ब्यक्तिलाई बुधबार प्रकाउ गरेको छ । दाङ जिल्लाको विभिन्न स्थानमा परिचालित विशेष प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य गरिरहेको जनाएको छ । यसरी पक्राउ पर्नेमा यसअघि दाङ देउखुरी जिल्ला अदालतवाट ज्यान मार्ने उद्योग मुद्दामा धरौटिमा छुटेका तुलसीपुर उपमहानगरपालिका वडा नं ६का टाटे भन्ने बिशाल योगी,

चितुवाको छालासहित एक पक्राउ

    प्रकाशित मितिः ६ बैशाख २०७४, बुधबार १८:०२
वैतडी । चितुवाको छालासहित बैतडीको पाटनबाट आज एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका–६ का महेशसिंह सुतार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । सुतारसँग रहेको चितुवाको छाला पाँच फिट ९ इन्च लम्बाइ र २ फिट चौडाइ रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक हरिओम खड्काले बताउनुभयो । पक्राउ परेका सुतारलाई आजै जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ । सुतारलाई वन ऐन २