झारफुकमा लाग्दा सुत्केरीको मृत्यु
प्रकाशित मितिः १७ चैत्र २०७३, बिहीबार १९:५९
रोल्पा । समयमै स्वस्थ्य संस्था नजाँदा आज पश्चिम रोल्पाकी एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईखोली गाउँपालिका–७ कुरेलीका २० वर्षीया बिमला रोका रहेको जिल्ला अस्पताल रोल्पाले जनाएको छ ।
सुत्केरी व्यथा लागेको तीन÷चार दिनसम्म गाउँमा धामी झाँक्रीले झारफुक गर्दा सञ्चो नभएपछि बिमलालाई अस्पताल ल्याइएको थियो । उपचारका लागि अस्पताल ल्याउँदा आमा वेहोस तथा पेटमा भएको शिशुको ज्यान गइसकेको जिल्ला अ