एक हप्तामा पाँच गाई मरे
प्रकाशित मितिः १५ चैत्र २०७३, मंगलवार ११:१५
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका किसानले पालेका गाई अज्ञात रोगका कारण मर्न थालेका छन् । दोगडाकेदार–३ श्रीकोट खिरेगाउँमा एक हप्ताको अवधिमा पाँच गाई मरेका हुन् ।
श्रीकोटका स्थानीय बासिन्दा विनोद भाटका अनुसार गाईले मुखबाट ¥याल फाल्ने, शरीर फुल्ने, मलमूत्र बन्द हुने जस्ता लक्षण देखिने गरेका छन् । उनले भने “यस्तो लक्षण देखिएको २४ घन्टाभित्रै गाई मरेका छन् ।”
जिल्लाको दोगडाकेदार–३ तथा साविकको