☰ open Loading... 2 November 2024|  

प्रदेश खबर

ट्रयाक्टर दुर्घटनामा एककाे मृत्यु

ट्रयाक्टर दुर्घटनामा एककाे मृत्यु

    प्रकाशित मितिः ३ माघ २०७३, सोमबार १७:४७
बर्दिया । ट्रयाक्टर दुर्घटना हुदा आज बर्दियाको कालिकामा एक जनाको मृत्यु भएको छ । भे १ त ५७९२ नंम्वरको ट्रयाक्टर कालिका ३ स्थित बम्रेली टोल नजिकको सडकमा दुर्घटना हुँदा कालिका ३ निवासी बर्ष ५० का प्रकाश पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । माटो बोकेको ट्रयाक्टर साेमबार दिउसाे करिब १२  बजे सडक किनारमा दुर्घटनाहुँदा पौडेलको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठ
बालबालिका न्यायो कपडा वितरण

बालबालिका न्यायो कपडा वितरण

    प्रकाशित मितिः ३ माघ २०७३, सोमबार १७:३३
सुर्खेत । लायन्स क्लब अफ सुर्खेतले लायन्स क्लबका सस्थापक मेल्भिन्स जोन्सको जन्म जयन्तिको अवसरमा सोमवार बालबालिकाहरुलाई न्यायो कपडा वितरण गरेको छ । वीरेन्द्रनगर–६ सुर्खेतको खोर्के लाईनमा रहेको बाल विकास केन्द्रका ३० जना बालबालिकाहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको हो । क्लबले बाल विकास केन्द्रका विद्यार्थीहरुलाई जुता, मोजा, टोपी, स्वीटर, कपी, कलम, खेलौनाहरू लगायत विभिन्न सामाग्रीहरू
नागरिक समाजले दिलायाे भारतीलार्इ नयाँ जीवन

नागरिक समाजले दिलायाे भारतीलार्इ नयाँ जीवन

    प्रकाशित मितिः ३ माघ २०७३, सोमबार १४:३१
डोल्पा । सदरमुकाम दुनैस्थित भेरी नदीपारि रहेको हरियाली सामुदायिक बनमा लगाइएका बोटबिरुवामा पानी लगाउने काममा एक युवा तल्लीन देखिन्छन् । बिहानै, निस्कन्छन् दिनभर बिरुवामा पानी लगाउँछन्, साँझपख सडकपेटीमा फर्कनछन् । यसरी नै उनको दिनचर्या बितिरहेको छ । खासमा ती युवा कोही नभएर सदरमुकाम दुनैका विमल भारती हुन् । उनलाई पाँच वर्षसम्म स्मरणशक्ति गुमाउनुपरेको थियो । तर, नागरिक समाजको अगुवाइमा उपचार गरा
बडाचौर विमानस्थल सञ्चालनको प्रतीक्षामा रोल्पाली

बडाचौर विमानस्थल सञ्चालनको प्रतीक्षामा रोल्पाली

    प्रकाशित मितिः ३ माघ २०७३, सोमबार १४:२४
रोल्पा । ‘पञ्चायतकालमा चलेको विमानस्थल बहुदल आएपछि बन्द भयो, नयाँ व्यवस्था आएपछि जनताले थप सुविधा पाउलान् भनेको त भएको संरचनासमेत बन्द गरेर राज्यले हामीलाई सौतेलो व्यवहार ग¥यो, अब भने फेरि विमानस्थल सञ्चालन हुन्छ कि भन्ने आशा जागेको छ’ पूर्वी रोल्पाको बडाचौरमा भेटिएका अमरबहादुर बुढाको आशा मिश्रित गुनासो हो यो । तत्कालीन मन्त्री बालाराम घर्ती मगरको पहलमा सञ्चालनमा ल्याइएको बडाचौर विमानस्थल अहिले
मतदाता नामावलीमा चार हजारको नाम दर्ता

मतदाता नामावलीमा चार हजारको नाम दर्ता

    प्रकाशित मितिः ३ माघ २०७३, सोमबार १४:०१
कञ्चनपुर । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली सङ्कलन र अद्यावधिकको कार्यक्रमअन्तर्गत तीन हजार नौ सय ७० जना मतदाताले नाम दर्ता गरेका छन् । निर्वाचन कार्यालयले निर्धारण गरेका एक सय छ निर्वाचन केन्द्र मध्ये ६३ केन्द्रमा हालसम्म एक हजार नौ सय १६ महिला र दुई हजार ५४ पुरुषले नाम दर्ता गराएका छन् । ५३ वटा केन्द्रमा नामावली सङ्कलन र अद्यावधिको कार्य भइरहेको
हराएको तीन दिनपछि शव फेला

हराएको तीन दिनपछि शव फेला

    प्रकाशित मितिः ३ माघ २०७३, सोमबार १३:४०
कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–४ की १७ वर्षीया बिन्दु भट्ट घरबाट हराएको तीन दिनपछि मृत अवस्थामा फेला परकी छन् । घर नजिकैको सिसौ झाडीमा झुन्डिएको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए । उनको आत्महत्या वा हत्या के भएको भन्नेबारे अनुसन्धान जारी रहेको उनले बताए । युवतीको घरमा फोन गरेर धम्की दिने दुलैका अरुण कुँवर
तीन वर्षदेखि भुरीगाउँ–तेलपानी सडक अलपत्र

तीन वर्षदेखि भुरीगाउँ–तेलपानी सडक अलपत्र

    प्रकाशित मितिः ३ माघ २०७३, सोमबार ०९:३७
सुर्खेत । सुर्खेतदेखि बर्दियाको भुरीगाउँ जोड्ने सुर्खेत–भुरीगाउँ तेलपानी सडक निर्माणको योजना अलपत्र परेको छ । सरकारी बेवस्थाका कारण उक्त सडक निर्माण योजना तीन वर्षदेखि अलपत्र परेको हो । आर्थिक वर्ष २०७१÷०७२ यता उक्त सडक योजनाको काम पूर्णरुपमा ठप्प भएको छ । पछिल्लो तीन वर्षदेखि यो सडकका लागि सरकारले बजेट समेत विनियोजन गर्न छोडेको छ । आधा काम भइसकेको आयोजनामा बजेट विनियोजन नहुँदा थप काम अघि बढ्न सक
सवारी दुर्घटनामा ५७ जनाको मृत्यु

सवारी दुर्घटनामा ५७ जनाको मृत्यु

    प्रकाशित मितिः २ माघ २०७३, आईतवार १८:५१
कैलाली । चालु आर्थिक बर्ष २०७३-०७४ को ६ महिनामा सुदूरपश्चिमका बिभिन्न ठाउँमा भएका ९१ सवारी दुर्घटना परि ५७ जनाले ज्यान गुमाएका छन् । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्क अनुसार साउन महिना देखीको पुस मसान्त सम्म ५७ जनाको दुर्घटनामा परि ज्यान गएको हो । आर्थिक बर्षको पहिलो महिना साउनमा आठ वटा सवारी दुर्घटनामा परि आठ जनाले नै ज्यान गुमाएका छन् भने भदौमा १२ वटा सवारी दुर्घटना हुँदा प
भूकम्पको जोखिम

भूकम्पको जोखिम

    प्रकाशित मितिः २ माघ २०७३, आईतवार १८:४५
डडेल्धुरा । समुद्री सतहदेखि करिब दुई हजार ६ सय मिटर उचाइमा रहेको डडेल्धुराको भूबनोट कमजोर भएकाले भूकम्पको उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । पुरानै शैलीमा निर्मित घर भएकाले भूकम्प जाने हो भने ठूलो धनजनको क्षति हुन सक्ने सर्वसाधारणको समेत बुझाइ छ । जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक प्रजिअ उदयबहादुर सिँंले घरहरु बिनामापदण्ड मनपरी किसिमले बनाइएकाले भूकम्प गयो भने क्षति पुग्न सक
सरसफाइमा विद्यार्थी

सरसफाइमा विद्यार्थी

    प्रकाशित मितिः २ माघ २०७३, आईतवार १८:३९
नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी, बाँकेद्वारा सञ्चालित ‘सहरी सरसफाइ तथा फोहर व्यवस्थापन परियोजना’ विद्यालय र मदरसामा सञ्चालित परियोजना अन्तर्गत तरल तथा ठोस फोहर र मानव मलमूत्र व्यवस्थापनमा विद्यार्थीबाट चेतना फैलाउने काम भइरहेको छ । स्वीस रेडक्रस, नेपालगन्ज नगरपालिका कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यालयलाई साझेदार निकायका रुपमा समेटिएको