☰ open Loading... 7 November 2024|  

प्रदेश खबर

४० प्रतिशत कैद भुक्तान भएका कैदीबन्दी रिहा

४० प्रतिशत कैद भुक्तान भएका कैदीबन्दी रिहा

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १६:३८
संविधान दिवसको अवसरमा सल्यान कारागारबाट ४ जना कैदीबन्दी रिहा भएका छन् । विभिन्न मापदण्ड पुरा गरेका उनीहरुलाई रिहा गरिएको जिल्ला कारागार सल्यानले जानकारी दिएको छ । कम्तिमा ४० प्रतिशतभन्दा धेरै समय कैद भुक्तान गरेको, मुद्दाको अन्तिम टुंगो लागिसकेको र कारागारमा बस्दा असल चालचलन देखाएको भन्दै उनीहरुको कैद मिनाह गरिएको हो । सल्यान कारागारबाट २ महिला र २ पुरुषले कैद मिनाह पाएका छन् । जसमा रोल्पा झिनाङ
अधिकार प्राप्तिका लागि कर्तव्य नभुलौं : न्यायाधीस पंगेनी

अधिकार प्राप्तिका लागि कर्तव्य नभुलौं : न्यायाधीस पंगेनी

    प्रकाशित मितिः ४ आश्विन २०७३, मंगलवार १८:५९
कोही पनि व्यक्तिले अधिकार प्राप्तीका लागि आफ्नो कर्तव्य पुरा गर्न बिर्सन नहुने अछाम जिल्ला अदालतका न्यायाधीस हरी प्रसाद शर्मा उपाध्याय पंगेनीले बताएका छन् । मंगलसेनमा भएको लैंगीक समानता र समान सहभागीता विषयकमा छलफल कार्यक्रममा न्यायधीस पंगेनीले नयाँ संविधानमा महिलाको समान सहभागीता र समावेशीताका लागि थुप्रै कानुन भएको उल्लेख गरे । क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) अछामले आयोजना गरेको कार्य
चोरी गर्ने गिरोहका चार जना पक्राउ

चोरी गर्ने गिरोहका चार जना पक्राउ

    प्रकाशित मितिः ४ आश्विन २०७३, मंगलवार १८:२२
विभिन्न स्थानमा चोरी गर्दै हिडने एक गीरोहलाई दाङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घोराही नगरपालिका वडा नं ११ बाट चोरी गरेको ३२ इन्चको भिडीयोकोन एलई.डी टि.भी एकथानसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर नगरपालिका वडा नं ८ का २९ वर्षका प्रेम वली, घोराही नगरपालिका वडा नं १ बस्ने ३६ वर्षका सलमान खान, घोराही नगरपालिका ११ का १८ वर्षका अकबर अली राई र बाँके नेपालगञ्जका २२ वर्षका अर्पण
६ वटा सुपथ मुल्यका पसल सञ्चालन

६ वटा सुपथ मुल्यका पसल सञ्चालन

    प्रकाशित मितिः ४ आश्विन २०७३, मंगलवार १३:२९
नजिकिँदै गएको चाडपर्वमा जनतालाई राहत उपलब्ध गराउन सुदूरपश्चिमका ६ ठाउँमा शनिबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीले कञ्चनपुरको भीमदत्तनगर, कैलालीको धनगढी र टीकापुर, डोटीको दिपायल, डडेलधुरा र बैतडीको पाटनमा खाद्यान्न वस्तुको सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कर्पोरेसनको धनगढीस्थित कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले यी पसलबाट चिनी प्र
खोरेत रोगबाट ५० पशु चौपायको मरे 

खोरेत रोगबाट ५० पशु चौपायको मरे 

    प्रकाशित मितिः ४ आश्विन २०७३, मंगलवार १२:१२
अछामको खप्तड गाविसमा पशुचौपायामा एक्काशी खोरेत रोग देखा परेको छ । एक महिनादेखि गाविसको वडा नम्बर १ देखि ६ सम्म खोरेत रोग फैलिएपछि हालसम्म ३० बढी बाख्रा र १० गाइ तथा गोरु मरिसकेको स्थानीयको भनाई छ । खोरेत रोग लागेका गाइ, गोरु र बाख्राहरुको मुखमा फोकाहरु आउने वितिकै घाँस खान छोडेपछि २ दिन भित्रै मर्ने गरेका स्थानीय खगेन्द्र कडायतले जानकारी दिए । उनका अनुसार खप्तड गाविस वडा नम्बर ४ मा मात्रै १० बाख्
महिला जुटे सरसफाईमा

महिला जुटे सरसफाईमा

    प्रकाशित मितिः ३ आश्विन २०७३, सोमबार २०:०१
घरका पुरुषलाई फुर्सद नभएपछि शिवनगरका महिला सरसफाईमा जुटेका छन् । वीरेन्द्रनगरस्थित सुर्खेत–दैलेख सडकखण्डको जीरोप्वाइन्ट नजिक रहेको शिवनगर टोलका पुरुषलाई फुर्सद नभएपछि महिलाले आफ्नो टोलको सफाईमा गर्न आफै जुटेका हुन् । करिब ६० जना महिला सदस्य रहेको शिवनगर टोल विकास समितिले सोमबार एक किलोमिटर सडकका छेउछाऊको सरसफाई गरेको छ । करिब दुई वर्ष पहिले लाटिकोइली गाविसबाट वीरेन्द्रनगर नगरपालिकामा समायोजन भ
लिसार सांस्कृतिक समूहको अध्यक्षमा मधुसुदन

लिसार सांस्कृतिक समूहको अध्यक्षमा मधुसुदन

    प्रकाशित मितिः ३ आश्विन २०७३, सोमबार १७:१८
लिसार सांस्कृतिक समुह सुर्खेतको नयाँ कार्यसमिति चयन भएको छ । लिसारको पाचौ वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः मधुसूदन थापा मगर निर्वाचित भएका हुन् । लिसारको उपाध्यक्षमा निर्मला गाहा, सचिवमा तारा थापा मगर, सहसचिवमा लक्ष्मी लामिछाने मगर र कोषाध्यक्षमा निर्मला गाहा मगर छन् । यस्तै समितिको सदस्यहरुमा गौरव राना, सोम सारु, विपना मन्दिर, सिर्जना गाहा, सविता बुढाथोकी र प्रेम थापा मगर चयन भएको प्रकाश
३३ हजार नगदसहित पाँच जुवाडे पक्राउ

३३ हजार नगदसहित पाँच जुवाडे पक्राउ

    प्रकाशित मितिः २ आश्विन २०७३, आईतवार १८:५१
प्रहरीले आइतबार पाँच जना जुवाडेलाई रङ्गेहात पक्राउ गरेको छ । दाङको घोराही नगरपालिका वडा नं. ११ निवासी लिलाराम डाँगीको घरमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ३३ हजार ७ सय ९० रुपैयाँ नगद सहित उनिहरुलाई प्रकाउ गरेका जनाएको छ । प्रकाउ पर्नेमा लिलाराम डाँगी, हरि बहादुर डाँगी, मोती बहादुर डाँगी, बेगम खत्री र झुप्पल के.सी. छन । वडा प्रहरी कार्यालय घोराहीका प्रमुख
अहिलको संविधान महिलामैत्री छ : ढकाल

अहिलको संविधान महिलामैत्री छ : ढकाल

    प्रकाशित मितिः २ आश्विन २०७३, आईतवार १८:२१
विगतका अन्य संविधानभन्दा २०७२ सालमा जारी भएको संविधान महिलामैत्री भएको अखिल नेपाल महिला संघ सुर्खेतका अध्यक्ष मोहनमाया ढकालले बताएकी छन् । क्रियाशील पत्रकार महिलाहरुको संगठन डब्लुडब्लुजेले आइतबार वीरेन्द्रनगरमा गरेको ‘संविधानमा महिला अधिकार, कार्यान्वयन र चुनौती’ विषयक अन्तरक्रियामा ढकालले यस्तो बताएकी हुन् । संविधान दिवसको अवसर संगठनले गरेको अन्तरक्रियामा ढकालले धेरै वर्ष पछिको मेहनत तथा विभिन
सुपथ मुल्यको पसलमा ग्राहकको भीड

सुपथ मुल्यको पसलमा ग्राहकको भीड

    प्रकाशित मितिः २ आश्विन २०७३, आईतवार १७:२४
साल्ट ट्रेनिङ्ग कर्पोरेशन लिमिटेड शाखा सुर्खेतले सहुलियत सुपथ मुल्यको पसल सञ्चालन गरेको छ । दशैँ, तिहार र छट पर्वलाई लक्षित गर्दै वीरेन्द्रनगरमा शाखाले सहुलियत पसल सञ्चालनमा ल्याएको हो । साल्ट ट्रेनिङ्गले चीनी र नुन सुपथ मुल्यमा विक्री शुरु गरेको छ । आईतबारदेखि शुरु भएको सुपथ मुल्य पसलको पहिलो दिन झण्डै ४ सय ५० जनाले चीनी र नुन खरिद गरेको शाखा सुर्खेतका प्रमुख आनन्दकुमार न्यौपानेले जानकारी दिए ।