
चट्याङ्ग लागेर पशुचौपायाको मृत्यु
प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १८:३२
जाजरककोटको अर्छानी १ भौतामा चट्याङ्ग लागेर तीन ओटा पशु चौपायको मृत्यु भएको छ । मदन बहादुर वुढाको घर नजिकै गोठमा वाधिएका दुई गोरु र एक गाई चट्याङ्ग लागेर बुधवार राती मृत्यु भएको स्थानिय गोरख वहादुर सिंहले वताए । बाँधिएको ठाँउमै चट्याङ्ग परेपछि ति चौपायको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।