नेपालले हरायो केन्यालाई, ७ विकेटले विजयी
प्रकाशित मितिः ३० फाल्गुन २०७३, सोमबार १५:४८
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत सोमबार केन्यासँगको खेलमा नेपाल ७ विकेटले विजयी भएको छ । केन्याले दिएको १ सय ५६ रनको लक्ष्य नेपालले तीन विकेट जाँदा पूरा गरेको हो । तेस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले १११ रनको साझेदारी गरे । दिपेन्द्र सिंह ऐरी ६५ रन बनाएर आउट भए । १ सय १८ बल बाँकी छँदै नेपाल विजयी भयो । ज्ञानेन्द्र मल्लले ९३ बलमा ६४ रन र शरद भेषावकरले ११ बलमा २








