सुदूरपश्चिमको खेलकुद : खेलाडी छ, पूर्वाधार छैन
			      
						
प्रकाशित मितिः २४ पुष २०७३, आईतवार १७:२९ 
		
		
		
			भीमदत्तनगर । काठमाडौँमा २०३८ सालमा पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा महाकाली अञ्चलका लागि सुटिङ्गका खेलाडी डा हरेन्द्र विष्टले पहिलो स्वर्ण दिलाए ।
चालीसको दशकदेखि नै सुदूरपश्चिमाञ्चलले खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन थालेको भए पनि पछिल्ला वर्षका परिणाम उत्साहजनका देखिएका छैनन् ।
सन् १९८८ को सियोल ओलम्पिकमा एउटा खेलाडीलाई पराजित गरेर कीर्तिमान क		
		
	








