
टी-२० विश्वकप क्वालिफायर खेल्न सन्दीप ‘तयार’, अर्को पेशी २३ गते
प्रकाशित मितिः ९ कार्तिक २०८०, बिहीबार १९:००
काठमाडौं । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले घरेलु मैदानमा हुने टी-२० विश्वकप छनोट प्रतियोगिता खेल्ने मनस्थिति बनाएका छन् । हाल जारी त्रिकोणात्मक टी-२० सिरिजमा अनुपस्थित सन्दीप नेपालका लागि महत्वपूर्ण प्रतियोगितामा उपलब्ध हुने भएका हुन् ।
अदालतमा जारी मुद्दाको फैसलामा ढिलाइ हुँदा तनावमा रहेका सन्दीपले त्रिकोणात्मक श्रृंखला नखेल्ने निर्णय लिएका थिए । प्रतियोगिताअघि उनले परिवारसँ