दैलेखलाई पर्यटनको हब बनाउने मन्त्री शाहीको घोषणा
प्रकाशित मितिः १३ फाल्गुन २०७३, शुक्रबार १९:२७
दैलेख । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले ऐतिहासिक तथा धार्मिक महत्वको दैलेख जिल्लालाई ६ नम्बर प्रदेशको प्रमुख पर्यटकीय केन्द्र बनाउन पहल गर्ने बताएका छन् । दैलेख पर्यटन महोत्सव लगायतका कार्यक्रममा सहभागी हुन दैलेख पुगेका मन्त्री शाहीले शुक्रबार सो कुरा बताएका हुन् ।
मन्त्री शाहीले भने, ‘दैलेख पर्यटककीय महत्व बोकेको जिल्ला हो । पुरातात्विक हिसाबले पनि उत्तिकै महत्








