
‘तिरिरी मुरली बज्यो वनैमा’ गाउने पन्नाकाजीको रहेनन्
प्रकाशित मितिः १२ माघ २०७३, बुधबार १२:४८
‘तिरिरी मुरली बज्यो वनैमा’लगायत दर्जनौं चर्चित गीतका गायक पन्नाकाजी शाक्यको निधन भएको छ । बुधवार बिहान साढे ५ बजे ताहाचलस्थित निवासमा उनको निधन भएको हो । १९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मेका शाक्य ८५ वर्षका थिए ।
गत वर्षको भूकम्पले ओमबहालस्थित घर भत्किएपछि उनी सपरिवार ताहाचलमा बस्दै आएका थिए । उनले २००८ सालमा रेडियो नेपालमा पहिलो पटक गीत गाएका थिए भने २०१६ सालमा पहिलो गीत रेकर्ड गराएका