
२६ वर्ष अघिकाे किर्तिमानी ताेडिन सरस्वतीले
प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०७:१०
रियो ओलम्पिक जानुअघि सरस्वती भट्टराईको दुईवटा लक्ष्य थियो । ‘राष्ट्रिय कीर्तिमान तोड्ने मेरो लक्ष्य हो,’ उनले रियो तयारीका क्रममा भनेकी थिइन्, ‘त्यो सकिन भने आफ्नै प्रदर्शनमा अवश्य सुधार गर्नेछु ।’ उनी पहिलो लक्ष्यमै सफल भएर फर्कंदैछिन् ।
१५ सय मिटर दौडमा उनले २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेकी छन् । ब्राजिलको रियो दी जेनेरियोस्थित ट्र्याकमा शनिबार बिहान नेपाली सेनाकी धाविका सरस्वतीले ४