☰ open Loading... 24 December 2024|  

Author: Admin

मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित,२८ जनाको मृत्यु

मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित,२८ जनाको मृत्यु

    प्रकाशित मितिः १३ असार २०८१, बिहीबार १६:२८
मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्‍बाट ३३ जिल्ला प्रभावित भएका छन्। गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका हुन्। यस अवधिमा कूल १४७ विपद्का घटना भएको र ती घटनाहरुमा परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। जसमा बाढीबा

तपाईको असार १३ गतेको राशिफल कस्तो छ ?

    प्रकाशित मितिः १३ असार २०८१, बिहीबार ०७:१४
मेष राशिः बाहिरी कार्यमा अर्थ लाभ हुने दिन छ। सामान्य नेत्र समस्या देखिन सक्छ। पढाईको क्षेत्रमा शुभ छ। बिलासी कार्यमा प्रवेश नगर्नु होला। कार्य ढिला हुने योग छ। व्यवसायमा फल प्राप्तिमा केही बाधाको समय छ। वृष राशिः पारिवारिक संयोग र मधुर भोजनले मन प्रसन्न हुनेछ। पढाईमा रुचि बढ्ने छ। अध्यापनमा पद, सफलता मिल्ने योग छ। कानमा सामान्य बिकार आउने देखिन्छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। मिथुन राशिः
भेडीगोठले लेकमा चहलपहल

भेडीगोठले लेकमा चहलपहल

    प्रकाशित मितिः १३ असार २०८१, बिहीबार ०७:१३
जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी, खर्क र भिराला जमिन भेडाका बथानले ढाकिएका थिए। जेठ दोस्रो सातादेखि किसानले पशुचौपाया बुकी (लेक) उकाल्न थालेपछि अहिले तल्लो क्षेत्र सुनसान बनेका छन्। यतिबेला सोडेडाँडा, ढोरपाटन देउराली, पातीहाल्ने लगायत ठाउँमा गाईभैँसी, भेडाबाख्रा, भोटे कुकुरसँगै गोठाला किलादाम्ला र खर्चबर्च बोकी बुकी उक्लिरहेका भेटिन्छ। हरेक वर्ष बर्खाको समय बुकी र हिउँदको
चामुण्डाविन्द्रासैनीमा नाराजुलुश, नगर सभा स्थगित

चामुण्डाविन्द्रासैनीमा नाराजुलुश, नगर सभा स्थगित

    प्रकाशित मितिः १० असार २०८१, सोमबार १९:१५
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा नगरसभा स्थगित भएको छ । नगरसभा उद्घाटन भएलगत्तै नेपाल मजदुर किसान पार्टी र नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने नगर सभा सदस्यहरुको नारा जुलुशका कारण नगर सभा स्थगित भएको हो । नेमकिपा र एमालेबाट नगर सभामा प्रतिनिधित्व गर्ने सदस्यहरुले बजेट बाँडफाडमा अनियमितता भएको भन्दै नगरसभा रोक्न नाराजुलुश गरेका छन् । जसका कारण उद्घाटन लगत्तै असार १८ गतेसम्मका लागि नगर
आठविसलाई पूर्ण खोप घोषणा

आठविसलाई पूर्ण खोप घोषणा

    प्रकाशित मितिः १० असार २०८१, सोमबार १९:१२
दैलेखको आठबिस नगरपालिकालाई पुर्ण खोप घोषणा गरिएको छ । आठबिस नगरपालिकाले स्थानिय श्रोतको उपयोग, स्वामित्व सहभागितापुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्दता भन्ने मुल नाराका साथ पुर्ण खोप घोषणा गरेको हो । आठविस नगरपालिका दैलेखका ११ वटा स्थानिय तहहरु मध्य क्षेत्रफल र जनसंख्याका हिसाबले दोस्रो ठुलो स्थानिय तह भएको आठबिस नगरपालिका स्वास्थ शाखा प्रमुख देवराज तिमिल्सेनाले कार्यक्रममा बताए । आठविस
लेकवेशीले विद्यालयमा मगर भाषा पढाउने

लेकवेशीले विद्यालयमा मगर भाषा पढाउने

    प्रकाशित मितिः १० असार २०८१, सोमबार १६:४८
सुर्खेतको लेकवेशी नगरपालिकाले मगर भाषाको पाठ्यक्रम तयार गर्ने भएको छ। यहाँ झण्डै पचास प्रतिशत जनसंख्या मगर समुदायको छ। मेयर उमेश पौडेलले १५ औं नगर सभा अधिवेशनमा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि मगर भाषाको पाठ्यक्रम तयार गरेर कार्यान्वयनमा ल्याइने उल्लेख गरे। यस्तै, दिवा खाजामा एकरुपकता ल्याउने नीति पनि नगरपालिकाले ल्याएको छ। ‘विद्यालयमा स्थानीय उत्पादनमा आधार
सुर्खेतको भेरीगंगामा बहुमत सदस्यले नगर सभा गरे बहिष्कार

सुर्खेतको भेरीगंगामा बहुमत सदस्यले नगर सभा गरे बहिष्कार

    प्रकाशित मितिः १० असार २०८१, सोमबार १६:४६
भेरीगंगा नगरपालिकाको १५ औं नगरसभा स्थगित भएको छ। नगरसभामा गणपुरक संख्या नपुगेपछि आज नगरसभा स्थगित गरिएको हो । कार्यपालिका सदस्यहरुले नगरप्रमुख यज्ञ प्रसाद ढकालले एकलौटी गरेको साथै आफूहरुसँग छलफल नगरेको भन्दै नगरसभा बहिष्कार गरेका थिए । उनीहरू नगरसभामा उपस्थित नभएपछि गणपुरक संख्या नपुगेको भन्दै नगर प्रमुख ढकालले नगरसभा स्थगित गरेको जानकारी दिए। बहिष्कार गर्ने कार्यपालिका सदस्यहरुले नगरप्रमुख ढ
कर्णालीमा कृषि अनुदान, कहाँ जान्छ कहाँ

कर्णालीमा कृषि अनुदान, कहाँ जान्छ कहाँ

    प्रकाशित मितिः ९ असार २०८१, आईतवार १२:५९
कर्णाली प्रदेश सरकारले कृषि तथा पशुपन्छी क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न बर्सेनि अनुदान वितरण गर्दै आएको छ। सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मन्त्रालय मातहतका निकाय र स्थानीय तहमार्फत बर्सेनि विभिन्न शीर्षकमा अनुदानका कार्यक्रम सञ्चालनमा छन्। कृषि प्रविधि प्रबद्र्धन, कृषि प्रसार, पूर्वाधार विकास, पशुपन्छी व्यवसाय प्रबद्र्धन, कृषि उपकरण खरिद लगायतमा सरकारले दिएको अनुदानक

भूकम्प प्रभावित बालबालिकामा जन्डिस

    प्रकाशित मितिः ९ असार २०८१, आईतवार १२:५४
अत्यधिक गर्मी र दूषित पानीले भूकम्प प्रभावित क्षेत्र दार्मा गाउँपालिकाका बालबालिकामा दुई सातादेखि जन्डिस फैलिएको छ । प्रभावित बालबालिकामा ज्वरो आउने, बान्ता गर्ने, खाना नखाने समस्या देखिरहेको स्थानीय बताउँछन् । जन्डिसका कारण पछिल्लो समयमा बालबालिका मात्र नभई बयस्क, बूढापाका, महिला सबै प्रभावित भइरहेका छन् । अहिले एकै घरमा दुई/तीन जनासम्म जन्डिसका बिरामी देखिएका छन् । दार्माका सबैजसो बस्तीमा वि
मार्सी धान लगाईएको सिंजा उपत्यका

मार्सी धान लगाईएको सिंजा उपत्यका

    प्रकाशित मितिः ९ असार २०८१, आईतवार १२:४९
जुम्लाको सिंजा उपत्यकामा रोपिएको मार्सी धान । विश्वकै अग्लो स्थानमा फल्ने मार्सीलाई देशविदेशमा नासोका रुपमा पठाईने गरिन्छ । यो धानको चामल रातो हुने गर्दछ ।