☰ open Loading... 4 January 2025|  

Author: Admin

नारायण नगरपालिकामा अनियमितता : यस्ता छन ‘दश काण्ड’

नारायण नगरपालिकामा अनियमितता : यस्ता छन ‘दश काण्ड’

    प्रकाशित मितिः २० श्रावण २०७७, मंगलवार १९:११
दैलेख । दैलेखको सदरमुकामस्थित नारायण नगरपालिकामा तिन आर्थिक वर्षभित्र दशवटा योजना तथा कार्यक्रममा अनियमितता भएको जनप्रतिनिधिहरुले खुलासा गरेका छन् । आफु निर्वाचित भएर नगरपालिका आए यता जनप्रतिनिधि र कर्मचारीहरुले आफुखुसी नियम ऐन मिचेर अनियमितता गरेको भन्दै जनप्रनिनिधिहरु अख्तियार अनुसन्धान दुरुप्रयोग आयोग समक्ष पुगेका हुन् । नारायण नगरपालिका वडा नम्वर–१, का वडा सदस्य तथा यूवा ब्यवसायी रमेशकुमार क
नारायण सेनेटरी प्याड काण्ड, फिर्ता लिईयो सेनेटरी प्याड

नारायण सेनेटरी प्याड काण्ड, फिर्ता लिईयो सेनेटरी प्याड

    प्रकाशित मितिः २० श्रावण २०७७, मंगलवार १८:४९
गोविन्द केसी/दैलेख । नारायण नगरपालिका शिक्षा शाखा मार्फत नगरपालिकाभित्र रहेका निम्नमाध्यमिक विद्यालय र माध्यमिक विद्यालयका लागि झिकाईएको सेनेटरी प्याड फिर्ता लिईएको छ । विद्यालयहरुमा दिईएको सेनेटरी प्याडबारे समाचार सार्वजनिक भएसंगै जिल्ला प्रशासन कार्यालयमा दैलेखले पनि छानविन गरिरहेको छ तर, छानविनकै क्रममा रहेको सेनेटरी प्याड शिल गरिएको स्थानबाट विक्रेताले महावु गाउँपालिका लगेको हो । त्रिभुवन मा
आज राति थोरै ठाउँमा ठूलो पानी पर्ने

आज राति थोरै ठाउँमा ठूलो पानी पर्ने

    प्रकाशित मितिः २० श्रावण २०७७, मंगलवार ११:४७
सुर्खेत ।  आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । बङ्गालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज राति देशभरिकाे मौसम सामान्य बदली भई प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थेरै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् मञ्‍जु बासीकाअनुसार देशका अरु ठाउँमा पनि हल्कादेखि मध्य खालको वर्षाको संभावना छ
जनप्रतिनिधिमा कोरोना देखीय पछि नेपालगञ्ज उपमहानगरपालिका ‘सिल’

जनप्रतिनिधिमा कोरोना देखीय पछि नेपालगञ्ज उपमहानगरपालिका ‘सिल’

    प्रकाशित मितिः २० श्रावण २०७७, मंगलवार ११:३९
बाँके । जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय ‘सिल’ गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्ष र वडा कार्यालयका सात कर्मचारीमा कोरोना देखिएपछि सङ्क्रमणको जोखिमका कारण अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिए । लकडाउनको अवधिमा बाँकेमा महिला तथा बालबालिकासम्बन्धी घटनामा वृद्धि भएको
च्याउ खेतीबाट बर्दियाका किसान मनग्य आम्दानी गर्दै

च्याउ खेतीबाट बर्दियाका किसान मनग्य आम्दानी गर्दै

    प्रकाशित मितिः १८ श्रावण २०७७, आईतवार १९:११
नवराज सुवेदी / बर्दिया । यतिबेला कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट विश्व प्रभावित भएको छ । लामो लकडाउने मानिसहरु महिनौ सम्मा घर भित्रै थन्किए । व्यपार व्यवसाय ठप्प छ । मान्छेलाई दैनिक चलाउन समेत हम्मे हम्मे भएको छ । तर बर्दियाका केही किसानहरुलाई भने न त कोरोनाले नै छोयो । नत लकडाउन नै लाग्यो । सुन्दा अच्च लाग्न सक्छ तर यो सत्य कथा हो । यो कथा हो बढैयाताल वडा नं. ३ बर्दियाका सुरेस चौधरीको । चौध
धन्नै दुई करोडको भैसीं खरिदबारे छानविन

धन्नै दुई करोडको भैसीं खरिदबारे छानविन

    प्रकाशित मितिः १८ श्रावण २०७७, आईतवार १८:४२
दैलेख ।  साउन १८ – नारायण नगरपालिकामा, पशु सेवा कार्यालय दैलेख र जिल्ला कृषि विकास कार्यालयको साँझेदारमा गत आर्थिक वर्षको असारमा किसानहरुलाई भैसी बाँडिएपछि अनियमितता भएको भन्दै उजुरी परेको छ । उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले छानविन सुरु गरिको हो । भैसीं खरिद प्रकृया र किसान छान्ने क्रममा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा मुद्धा परेको जनाईएको छ । असारसमान्तमा दुध चिस्यान
तिजको गित ‘हो छम–छम, नाच हाम्री संगिनी’को चर्चा चुलिदो

तिजको गित ‘हो छम–छम, नाच हाम्री संगिनी’को चर्चा चुलिदो

    प्रकाशित मितिः १८ श्रावण २०७७, आईतवार १७:१७
नवराज सुवेदी / बाँके । एका तिर महिलाहरुको पर्व हरितालिका तीज नजिकिदै छ । अर्को तिर भने कोरोना भाइरस (कोभिड–१९)को त्रास कायमै छ । यस्तो अवस्थामा पनि कलकारहरु भने गित संगितलाई निरन्तरता दिइ रहेका छन । महामारीको चपेटामा पनि केही तीज गितहरुभने बजारमा आउँन सफल भएका छन । कोरोनाको महामारी बचि पनि आएको आएको एउटा गित हो । ‘हो छम – छम, नाच हाम्री संगिनी’बोलको तीज गित । यो गितले भने यतिबेला बजारमा चर्चा कम
कर्णालीमा बाढीको वितण्डा : प्रदेश सरकारको तयारी कागजमै सिमित

कर्णालीमा बाढीको वितण्डा : प्रदेश सरकारको तयारी कागजमै सिमित

    प्रकाशित मितिः १६ श्रावण २०७७, शुक्रबार २३:०५
सुर्खेत । मंगलबार राति कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरो गयो । पहिरोमा परी नरहरिनाथ ७ का एउटै घरका ७ जना सहित ८ जनाको मृत्यु भयो । सोमबार राती देखी रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–९ स्यालामा पहिरोले एक घर बगाउँदा दुईजनाको मृत्यु भयो । सोमबार राती देखी शुक्रबार सम्मा कालीकोटका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भै सकेको छ भने बेपत्ता ७ जना अझै फेला परेका छैनन् । कर्णालीमा विपद
विषालु च्याउ खाँदा जाजरकोटमा मृत्यु हुनेको संख्या ५ पुग्यो

विषालु च्याउ खाँदा जाजरकोटमा मृत्यु हुनेको संख्या ५ पुग्यो

    प्रकाशित मितिः १६ श्रावण २०७७, शुक्रबार १५:३८
सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका-१ स्याक्रीमा विषालु च्याउको तरकारी खाँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । च्याउ खाएर गम्भीर बिरामी भएका ३२ वर्षीय ललित चलाउनेको बिहीबार राति कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचारका क्रममा मृत्यु भएपछि संख्या पाँच पुगेको हो । ललितको प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भैहरेको थियो । उपचारकै क्रममा बिहीबार राति मृत्यु भएको प्रदेश अस्पतालक
बाँकेको खजुरामा खुकुरी प्रहार एक यूवा घाइते

बाँकेको खजुरामा खुकुरी प्रहार एक यूवा घाइते

    प्रकाशित मितिः १५ श्रावण २०७७, बिहीबार १७:५०
नवराज सुवेदी / बाँके । बाँकेको खजुरामा यूवाहरु बिच झड्प हुँदा एक जना घाइते भएका छन । खजुरा गाउँपालिका वडा नम्बर–३, मा झड्प हुँदा सोही ठाउँका बिजु भनिने विजय खत्री घाइते भएका हुन । खत्रीको निधारमा खुकुरी प्रहार गरिएको र उनको स्थानिय एक मेडिकलमा उपचार भै रहेको प्रहरीले जनाएको छ । दुइ समुहका यूवाहरु बिच खुकुरी हानाहान भएपछि घटना स्थलमा भएका मानिसहरुको भागाभाग मच्चिएको प्रत्यक्ष दर्शी इशोर रानाले जान