गाँउ चिनाउन तरकारी खेती
प्रकाशित मितिः १५ चैत्र २०७३, मंगलवार २०:३६
माछा र रक्सी पाईने उपमा पाएपछि डाँडाँपराजुल डुंगेश्वरका महिलाहरु अहिले तरकारीबाट गाँउलाई चिनाउन लागि रहेका छन् । उनीहरुले अहिले डुंगेश्वरलाई नै तरकारी मय बनाएका छन् । २० जना महिलाहरुले समुह नै बनाएर तरकारी खेतीमा भविष्य कोरिरहेको छन् । उनीहरुले आफ्नो जग्गा कम भएपछि जग्गा लिजमा लिएर तरकारी खेती गरेका छन् । घरमा फुर्सदिलो भएर बस्नुभन्दा तरकारीबाट आम्दानी पनि गाँउ चिनिने पनि भएको किसान जैसरा रानाले ब