☰ open Loading... 28 November 2024|  

विकास

पुल त बन्यो, सडक बनेन

पुल त बन्यो, सडक बनेन

    प्रकाशित मितिः ८ पुष २०७३, शुक्रबार ०९:५९
जाजरकोट । जाजरकोट–डोल्पा सडकको रिम्ना—छेपारे खण्डमा यात्रुले सधैँ सास्ती खेप्नु परेको छ । यस खण्डमा सम्बन्धित पक्षले सडक निर्माणमा बेवास्ता गर्दा यात्रु आवतजावत गर्न कठिनाइ भएको हो । यही खण्डको भेरी नदीमा पाँच महिनाअघि नै पक्की पुल बनेको छ । तर रिम्ना–छेपारे सडक निर्माण अझै सुरु भएको छैन । उक्त सडक निर्माण गरेर यातायात सञ्चालन गर्नु त परै जाओस्, कसले बनाउने भन्नेमै विवाद देखिन्छ । ६ सय मिटर दूरी
रामघाट र दशरथपुर जोड्ने पक्की पुलको शीलान्यास

रामघाट र दशरथपुर जोड्ने पक्की पुलको शीलान्यास

    प्रकाशित मितिः २ पुष २०७३, शनिबार १५:४२
रामघाट (सुर्खेत) । भेरीगंगा नगरपालिकाको रामघाट र दशरथपुर जोड्ने पक्की पुलको शीलान्यास गरिएको छ । शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र पूर्व गृहमन्त्री तथा सुर्खेत क्षेत्र नम्बर एकका सांसद पूर्ण बहादुर खड्काले संयुक्त रूपमा पुलको शीलान्यास गरेका हुन । २५ करोड ३२ लाख ४१ हजार ७०७ रुपैयाँको कुल लागत मध्य २३ करोड ६२ लाख ६७ हजार ५९३ रुपैयाँमा पक्की पुल निर्माण कम्पनीसंग कबोल भएको छ
सुदूर पश्चिम जाेड्ने दाेस्राे ढाेका खुल्याे

सुदूर पश्चिम जाेड्ने दाेस्राे ढाेका खुल्याे

    प्रकाशित मितिः १ पुष २०७३, शुक्रबार १०:३१
उद्टघाटन भइसकेकाे पुल पुनः उद्घाटन गरिँदै कालिकास्थान (अछाम) । गत असार पहिलो साता नै मध्यपहाडी राजमार्ग अन्तरगत दैलेखको साई खोला र अछामको कालिकास्थान गाविसको टोड्केसाल स्थित कर्णाली पुलको उद्घाटन गरिएको थियो । वर्षातले कर्णाली बढेपछि गत असारमै निर्माण सम्पन्न भएको पुल एक समाहरोविच सवारी आगमन लागि खुल्ला गरिएको थियो । दैलेख र अछामका कन्याहरुले एक समाहरोहविच संयूक्त रुपमा पुजा गरेपछि सवारी
डडेल्धुराका विभिन्न स्थानमा आठवटा पुल निर्माण

डडेल्धुराका विभिन्न स्थानमा आठवटा पुल निर्माण

    प्रकाशित मितिः ३० मंसिर २०७३, बिहीबार १४:३५
डडेल्धुरा । डडेल्धुराका विभिन्न गाउँका मानिसलाई वारिपारि जान र खोला तर्न सजिलोका लागि खोलामा पुल निर्माण कार्य धमाधम भइरहेको छ । यो आर्थिक वर्षभित्र नै काम सम्पन्न हुने गरी जिल्लाका विभिन्न स्थानमा आठवटा पुल निर्माण भइरहेको जिल्ला प्राविधिक कार्यालयका सहायक सवइन्जिनियर टेकबहादुर भण्डारीले जानकारी दिए । जिल्लाका विभिन्न स्थानीय खोला र नदीमा दुईवटा स्टिल ट्रस र छवटा झोलुङ्गे पुल निर्माण भइ
दोधारा चाँदनीमा दुई पक्कीपुल निर्माण हुने

दोधारा चाँदनीमा दुई पक्कीपुल निर्माण हुने

    प्रकाशित मितिः २९ मंसिर २०७३, बुधबार ०९:५२
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा चालु आवभित्रै निर्माण कार्य पूरा गर्नेगरी दुईवटा पक्की पुल निर्माण हुने भएका छन् । नगरपालिकाका वडा नं ५ र ६ जोड्ने भट्टिनालामा र सोही नगरपालिका–१ र २ को मलरियानाला पक्की पुल बन्ने भएका हुन् । मलरिया नालामा रु चार करोड ६४ लाख २५ हजार छसय २९ र भट्टिनालामा रु पाँच करोड २८ लाख ३६ हजार दुईसय ८० को लागतमा पुल निर्माण हुने नगरपालिकाका कार्यकारी अधिकृ
बजेट बिना नै महिला जुटे बाटो निर्माणमा

बजेट बिना नै महिला जुटे बाटो निर्माणमा

    प्रकाशित मितिः २३ मंसिर २०७३, बिहीबार ११:३३
यहाँका महिला आफै बजेटको जोहो गर्दै बाटो निर्माणमा जुटेका छन् । जिल्लाको डाडाँगाउँ–१ पालिका महिला गाउँको बाटो निर्माणमा जुटेका हुन् । पुरुष कमाईका लागि भारततिर गएका कारण महिला मात्र बाटो निर्माणमा जुटेको उनीहरु बताउँछन् । रुकुमको भल्म जोड्ने भेरी नदी पुलदेखि पालीको ठूला गाउँसम्मको बाटो निर्माणका लागि नमुना हरियाली महिला सहकारी र स्वास्थ्य आमा समूहका दिदीबैनी जुटेका छन् । पालीगाउँदेखि भल्म
व्यक्तिगत लगानीमा धारा निर्माण

व्यक्तिगत लगानीमा धारा निर्माण

    प्रकाशित मितिः २१ मंसिर २०७३, मंगलवार १७:२२
सल्यानका कुनै पनि निकाय र आफ्नै छोराहरुबाट समेत सहयोग नपाएपछि एक व्यक्तिले झण्डै १ लाख रुपैयाँको लागतमा खानेपानी घरसम्म ल्याएका छन् । जिल्लाको सिनवाङ ४ डाँडागाउँका ५७ वर्षिय ढकन बहादुर विकले २ किलोमिटर टाढाबाट घरसम्म खानेपानी ल्याएको जनकारी दिएका छन् । ‘गाउँमा मेरो घर एक्लै छ, त्यसैले गाविसबाट पनि कुनै योजना परेन, छोराहरुले पनि सहयोग गरेनन्,’ उनले भने– ‘वर्षाैँ देखि २ घण्टा हिडेर गाग्रीमा पानी बो
लक्षित वर्गका लागि एक करोड विनियोजन

लक्षित वर्गका लागि एक करोड विनियोजन

    प्रकाशित मितिः २० मंसिर २०७३, सोमबार १३:३७
जिल्ला विकास समिति रोल्पाले यस आव २०७३÷०७४ मा लक्षित वर्गका लागि रु एक करोड १८ लाख ७३ हजार रकम विनियोजन गरेको छ । जसअन्तर्गत महिलातर्फ रु ३६ लाख ५७ हजार, बालबालिकातर्फ रु ३५ लाख ४७ हजार र पिछडिएको वर्ग, दलित, जनजाति अशक्त अपाङ्गतर्फ रु ४६ लाख ६९ हजार प्रस्ताव गरिएको योजना शाखाका प्रमुख दीपककुमार डिसीले जानकारी दिए । उनका अनुसार कार्यक्रमले लक्षित वर्गका समुदायको जीवनयापन र आर्थिक स्थितिमा परिवर्
यातायातमा एकाधिकार तोडिएपछि यात्रुलाई सहज

यातायातमा एकाधिकार तोडिएपछि यात्रुलाई सहज

    प्रकाशित मितिः २० मंसिर २०७३, सोमबार १३:२९
म्याग्दीमा यातायात व्यवसायीबीच प्रतिस्पर्धा हुन थालेपछि यात्रुलाई सहज भएको छ । नयाँ व्यवसायीले सेवा विस्तार गर्न थालेपछि एकाधिकार र आलोपालो प्रथा (सिन्डीकेट)को प्रभाव घट्नुका साथै यात्रुले भनेको समयमा रोजेको गाडी चढेर यात्रा गर्न पाएका छन् । यसअघि एउटै मात्र समितिको गाडी हुँदा यात्रुलाई पुराना, जीर्ण, साँघुरा बसमा कोचिएर यात्रा गर्र्नुपर्ने बाध्य थियो । “गाडी कुरेर बसपार्कमा चार घन्टासम्म पर्खनु
तुइन हटाउँदा ३ लाख नागरिकलाई सहज

तुइन हटाउँदा ३ लाख नागरिकलाई सहज

    प्रकाशित मितिः १६ मंसिर २०७३, बिहीबार ०८:१७
सुर्खेतका १२ स्थानमा रहेका तुइनहरु हटाएर झोलुङ्गे पुल निर्माण गरेपछि करिव तीन लाख नागरिकलाई सहज भएको छ । जिल्लाका भेरी र कर्णाली नदी तथा अन्य खोलाहरुमा वारपार गर्न निर्माण गरिएका तुइन हटाउँदा २ लाख ८९ हजार ७ सय स्थानीयबासीलाई प्रत्यक्ष रुपमा सहजता भएको हो । गत वर्षदेखि जिल्ला प्राविधिक कार्यालय सुर्खेत र सस्पेन्सन डिभिजन काठमाडौंले सुर्खेतमा रहेका तुईनहरु हटाउने जिम्मा लिएका थिए । यि मध्य