दोधारा चाँदनीमा दुई पक्कीपुल निर्माण हुने
प्रकाशित मितिः २९ मंसिर २०७३, बुधबार ०९:५२
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा चालु आवभित्रै निर्माण कार्य पूरा गर्नेगरी दुईवटा पक्की पुल निर्माण हुने भएका छन् ।
नगरपालिकाका वडा नं ५ र ६ जोड्ने भट्टिनालामा र सोही नगरपालिका–१ र २ को मलरियानाला पक्की पुल बन्ने भएका हुन् । मलरिया नालामा रु चार करोड ६४ लाख २५ हजार छसय २९ र भट्टिनालामा रु पाँच करोड २८ लाख ३६ हजार दुईसय ८० को लागतमा पुल निर्माण हुने नगरपालिकाका कार्यकारी अधिकृ









