एसईई नतिजा प्रकाशनको अन्तिम तयारी
प्रकाशित मितिः १० असार २०७६, मंगलवार २०:०८
काठमाडौं, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनकालागि अन्तिम तयारी भइरहेको जनाएको छ । नतिजा प्रकाशनकालागि सम्पूर्ण तयारी सकिएको र पुनः परीक्षणको काम भइरहेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।
कार्यालयले बुधबारकालागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको छ । बोर्डले निर्णय गरेपछि परीक्षाको नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रक अधिकारीले








