नगर शिक्षा समिति गठनको माग राख्दै शिक्षक संगठनले बुझायो ज्ञापन पत्र
प्रकाशित मितिः २७ आश्विन २०७४, शुक्रबार १७:१६
बर्दिया । स्थानिय तहमा नगर शिक्षा समिति गठनलगाएत अन्य दश बुँदै माग राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठन ठाकुरबाबा नगर समितिले शुक्रबार ठाकुरबाबा नगरपालिका नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।
शिक्षक संगठन नगर समिति संयोजक कलमबहादुर शाहीले ठाकुरबाबा नगरपालिका नगरप्रमुख घननारायण श्रेष्ठलाई दश बुँदै ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा नगर शिक्षा समिति तत्काल गठन गरिनु पर्ने, न्यून विद्यार्थी








