☰ open Loading... 18 September 2024|  

बाढीपहिरो

चलचित्रमै भविष्य देख्ने आँचल

चलचित्रमै भविष्य देख्ने आँचल

    प्रकाशित मितिः २२ मंसिर २०७३, बुधबार १०:१२
चलचित्रमा आँचल शर्माको नामले परिचित आँचल दवाडी नायक–नायिकाको नाम सजिलो एवं मीठो हुनुपर्ने दाबी गर्छिन् । नाइँ नभन्नु ल–४ बाट डेब्यु गरेकी आँचल आफू यो क्षेत्रमा सुपरस्टार बन्नका लागि नै प्रवेश गरेको बताउँछिन् । आत्मविश्वासी आँचलको चलचित्रमा काम गर्ने सपना पुरानै हो । सानैदेखि उनी टिभीमा बलिउड नायिका माधुरी दीक्षित, दीपिका पादुकोण आदिको नृत्य सँगै आफू पनि नाच्दै उनीहरूजस्तै बन्ने सपना सजाउँथिन् ।
हिमालले गरे हिन्दी गीतबाट साङ्गीत क्षेत्रमा प्रवेश

हिमालले गरे हिन्दी गीतबाट साङ्गीत क्षेत्रमा प्रवेश

    प्रकाशित मितिः २१ मंसिर २०७३, मंगलवार १७:४५
सानैदेखि गीत–संगीत भनेपछि हुरुक्कै हुने हिमालले अन्ततः हिन्दी गीत गाएर सांगीतिक संसारमा उदाएका छन् । उनले गाएको हिन्दी गीतको बोल छ ‘नक्लीवाला प्यार…. । सात वर्ष अघि कम्युटर ईंजिनियर बन्ने सपना बोकेर मुम्बई छिरेका हिमाल शाही गायक बनेर उदाएका हुन । बावियाचौर–६, सुर्खेतमा जन्मिएका हिमाललाई सानैदेखि गीत संगीतले मोहित पाथ्र्यो । जतिवेला स्वरसम्राट नारायण गोपालको नाम पनि सुनेका थिएनन त्यतिबेलादेखि न
हराउँदै देउडा खेल

हराउँदै देउडा खेल

    प्रकाशित मितिः ९ मंसिर २०७३, बिहीबार १४:५६
हात्तीले मचक्र्याई ल्यायो लालचडीका केला रंगी मन विरंगी हुन्छ सम्झिल्याया बेला ।।   मध्य तथा सुदुर पश्चिमको अलग्गै पहिचान बोकेको देउडा भाका लोपोन्मुख अवस्थामा पुग्न लागेको छ । पहिले बनपाखाहरुमा गुञ्जने ठाडी भाकाहरु हराउँदै गएका र आजकाल पप लगायत अन्य संगीतमा पछिल्लो पुस्ता रमाउदै गएको छ । रात्रीयाममा लाग्ने मेलामा खेलिने न्याउली खेलहरुको संख्या ह्वात्तै घटेको छ । बढदो आधुनिकतासँगै सूचना र प्रविधि
यस्ता दुःख भोग्न बाध्यछन् हिमाल र पहाडका महिला (भिडियो)

यस्ता दुःख भोग्न बाध्यछन् हिमाल र पहाडका महिला (भिडियो)

    प्रकाशित मितिः २० कार्तिक २०७३, शनिबार ०८:५७
खस भाषामा निर्माण ‘पानकली’को च्यारिटी सो हुने मध्य तथा सुदूरपश्चिमाञ्चलका विकास क्षेत्रका हिमाली र पहाडी क्षेत्रका महिलाहरुले भोग्नु परेका पीडाहरु समेटिएको चलचित्र पानकलीको च्यारिटी सो हुने भएको छ । कालीकोट त्रिरत्ना टेक्निकल इन्ष्टिच्यूट प्रा.लि.ले तयार गरेको पानकली चलचित्र आईतबार सुर्खेतमा च्यारिटी सो गर्न लागेको निर्माण पक्षले जानकारी दिएको छ । भेरी, कर्णाली, सेती र महाकाली अञ्चलका पहाडी र हि
महिलाहरुले यसरी मनाए, देउसीभैलो (फोटो फिचर)

महिलाहरुले यसरी मनाए, देउसीभैलो (फोटो फिचर)

    प्रकाशित मितिः १६ कार्तिक २०७३, मंगलवार ०८:४७
दैलेखको जगनाथ गाविसका महिलाहरुको समुहले तिहारमा गाँउभरि देउसीभैलो खेलेका छन् । उनीहरुले देउसीभैलोबाट उठेको पैसा सामाजिक कार्यमा खर्च गर्ने भन्दै खेलेका हुन् । परम्परागत रुपमा उनीहरुले देउसीभैलो खेलेर सवैको मन जितेका हुन् । पछिल्लो वर्षहरुमा देउसीभैलो तड्कभडकका साथ खेलीने भए पनि यहाँका महिलाहरु संस्कृती जर्गेना गरेका हुन् । तस्विर ः जनक अधिकारी
के गर्दै छन् सक्रिय ५ ‘आमा’ हिरोइन ?

के गर्दै छन् सक्रिय ५ ‘आमा’ हिरोइन ?

    प्रकाशित मितिः ९ कार्तिक २०७३, मंगलवार ०८:२५
धेरै नायिकाको जीवनमा विवाह उनीहरुको करिअरकै पूर्णविराम बन्ने गरेको छ, भलै उनीहरु सफलताको उत्कर्षमै पुगिसकेका किन नहुन् । सन्तान जन्मेपछि नायिकाहरुले बच्चा स्याहार्न अतिरिक्ति समय दिनुपर्ने व्यवहारिक बाध्यता त छँदैछ, नायिका बन्न अझै पनि अभिनयभन्दा शारीरिक पक्षलाई महत्व दिने दृष्टिकोणका कारण पनि उनीहरु निस्क्रिय बन्छन्। किनकी पुरुषको उमेर जति छिप्पिए पनि महिला तरुनी नै हुनुपर्ने अभ्यास जो छ । यिनै
सुरिलो स्वरकी धनी ‘सपना’

सुरिलो स्वरकी धनी ‘सपना’

    प्रकाशित मितिः २३ आश्विन २०७३, आईतवार २१:५२
शुन्य लाछ आकाश र धर्ती तिम्ले माया घटाउँदा म प्रति ।। रुन परेपछि माया गर्नुको के अर्थ , तिमी एक्लै म एक्लै हुन परेपछि ।। २०७० सालमा पहिलो पटक यही गीत रेकर्डिङ्ग गरेर सांगीतिक क्षेत्रमा प्रवेश गरेकी सपना शाही हाल एकपछि अर्को गर्दै नयाँ लोकदोहोरी गीतमा स्वर दिन भ्याई नभ्याई छ । दैलेखको गमौडी गाविस ७ सातखम्बमा जन्मिएकी शाही बाल्यकालमा विद्यालय र गाउँघरमा हुने सांगीतिक कार्यक्रममा सरिक हुन्थिन् ।
देउडा संरक्षणमा जुट्दै सुर्खेतका कलाप्रेमी (भिडियोसहित)

देउडा संरक्षणमा जुट्दै सुर्खेतका कलाप्रेमी (भिडियोसहित)

    प्रकाशित मितिः १९ आश्विन २०७३, बुधबार १२:२१
सुर्खेतमा बसोबास गर्दै आएका भेरी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका वासिन्दाहरु देउडा संरक्षणका लागि सक्रिय भएका छन् । यस क्षेत्रको पहिचानको रुपमा रहेको देउडा गीत लोप हुने अवस्थामा पुगेको भन्दै उनीहरुले सुर्खेतमा देउडा मेला समेत आयोजना गर्दै आएका छन् । देउडाप्रेमीहरु हरेक महिनाको १ र १५ गते वीरेन्द्रनगरस्थित खुलामञ्चमा भेला हुन्छन् । खुट्टाको चाल मिलाउँदै उनीहरु देउडामा जनताले भोगेका पीडाद
‘गुल्मी आउन टाढा भो सानु दैलेख तिर आउ’ (भिडियोसहित)

‘गुल्मी आउन टाढा भो सानु दैलेख तिर आउ’ (भिडियोसहित)

    प्रकाशित मितिः १७ आश्विन २०७३, सोमबार १३:१५
दैलेखी कलाकार तथा कुशल शब्द संकलक विशाल ढकालले नयाँ लोकदोहोरी गीती एल्वम बजारमा ल्याएका छन् । लोकेन्द्र थापाको लय तथा शव्दमा ‘सानु नबढाउन भाउ’ बोलको गीत बजारमा ल्याएका हुन् । माया प्रेममा आधारित नयाँ लोकदोहोरी गीतमा भौगोलिक विकटताले टाढा भेट्न आउन नसक्ने भन्दै गायकले गुल्मी आउन टाढा भो सानु दैलेख तिर आउन आग्रह गरेका छन् । क्रिस्टियानो मुश्जिक प्रालीको प्रस्तुतीमा सार्वजनिक भएको गीतमा स्वर लोकेन्
बाढीपीडीतको सहयोगार्थ जिस्मको च्यारीटी शो हुने

बाढीपीडीतको सहयोगार्थ जिस्मको च्यारीटी शो हुने

    प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार १५:२१
सुर्खेतका बाढीपीडीतको सहयोगार्थ चलचित्र जिस्मको च्यारीटी सो हुने भएको छ । आगामी असोज १ गते शनिबार वीरेन्द्रनगरको लक्ष्मी चलचित्र मन्दीरमा च्यारीटी सो हुने आयोजक पक्षले जानकारी दिएको हो । राजु गीरी प्रोडक्सनले तयार पारेको उक्त चलचित्रमा अर्चना पनेरु र सुर्खेतकै नायक सुरेन्द्र बुढाले मुख्य अभिनयमा भूमिका निर्वाह गरेका छन् । च्यारीटी सोबाट संङकलन भएको रकमको केही प्रतिशत सुर्खेतका बाढीपीडीतलाइ बितरण