☰ open Loading... 1 May 2024|  

गतिविधि

पार्टी त्याग गर्दा मेयर पद गुम्यो !

पार्टी त्याग गर्दा मेयर पद गुम्यो !

    प्रकाशित मितिः १ कार्तिक २०८०, बुधबार ०८:४४
नेकपा (एमाले) पार्टी त्याग गरेकी रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहको पद गुमेको छ। साह २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार भई रौतहटको मौलापुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएकी थिइन्। उनी एमाले छाडेर प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टी प्रवेश गरेको भन्दै एमालेले दल त्यागको जानकारी निर्वाचन आयोगलाई गराएको थियो। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा

पाकेको धान खेतमै भिजेपछि किसान चिन्तित

    प्रकाशित मितिः ३० आश्विन २०८०, मंगलवार २१:४१
कञ्चनपुरमा बेमौसमी वर्षाले पाकेको धानबाली भिजाएपछि किसान चिन्तित भएका छन्। पाकेको बाली भित्र्याउने समयमा आएको वर्षाले खेतमा धान भिजाएपछि किसान चिन्तित भएका हुन् । सोमबारको वर्षाले काटेको धान खेतमै भिजाएको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी किसान अनिला चौधरीले बताइन्। 'सात/आठ कट्ठा खेतको काटेको धान भिजाएको छ, एक्कासी पानी आउँदा खेती भित्र्याउनै पाएनौँ', उनले भनिन्, 'भिजेको धान खेतमै छ, घाम पनि

कर्णाली प्रदेश निजामती सेवा विधेयक प्रमाणीकरण, के छ विधेयकमा ?

    प्रकाशित मितिः ३० आश्विन २०८०, मंगलवार १७:५८
कर्णाली प्रदेश सरकारले ल्याएको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख तिलक परियारले उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । अब कर्णाली सरकारको आफ्नै निजामती ऐन बनेको छ । प्रदेश प्रमुखले प्रमाणीकरण गरेसँगै उक्त विधेयक ऐनका रुपमा कार्यान्वयनमा आएको छ । संविधानको धारा २८५ को उपधारा (३) मा प्रदेश मन्त्रिपरिषद्ले आफ्नो प
कालिकोटकाे लेकाली भेगमा हिमपात

कालिकोटकाे लेकाली भेगमा हिमपात

    प्रकाशित मितिः ३० आश्विन २०८०, मंगलवार १७:५१
कालिकोट जिल्लाका लेकाली क्षेत्रमा पानीसँगै हिमपात भएको छ। तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका लगायतका लेकाली क्षेत्रमा पानी परेसँगै हिमपात भएको हो। लेकाली क्षेत्रमा भएको हिमपातका कारणले चिसो पनि निकै बढेको छ। पहाडमा जमेको हिमपातको सिरेटोका कारणले चिसो पनि अत्यधिक बढेको हो। सोमबार राति पानी परेसँगै लेकाली क्षेत्रमा हिमपात भएको हो। हिमपात भए
जीप दुर्घटना हुँदा चालकको मृत्यु

जीप दुर्घटना हुँदा चालकको मृत्यु

    प्रकाशित मितिः ३० आश्विन २०८०, मंगलवार १२:२७
कर्णाली कोरिडोरको खुलाल लैफू सडकखण्ड अर्न्तगत कालिकोटको सान्नीत्रिवेणी–३ सिस्नेगडामा बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दसैँको बेला सुर्खेतबाट हुम्ला जान आएका यात्रु जस्ते गडाबाट कोल्टीसम्म यात्रु पुर्‍याएर फर्किने क्रममा सोमबार राति ३ बजे ग १ ज ५७९५ नम्बरको जीप दुर्घटना हुँदा कालिकोटको रास्कोट ७ स्थायी ठेगाना भएर कैलाली बस्दै आएका ३६ वर्षीय सुशील शाहीको घटनास्थलमै मृत्यु भएको जिल्
बडादसैँः आज माता दुर्गाको तेस्रो रुपको पूजा गरिँदै

बडादसैँः आज माता दुर्गाको तेस्रो रुपको पूजा गरिँदै

    प्रकाशित मितिः ३० आश्विन २०८०, मंगलवार ११:०६
बडादसैँको तेस्रो दिन आज माता दुर्गाको तेस्रो रुपको पूजाआराधना गरिँदैछ। आज दुर्गा माताको चन्द्रघण्टा रुपको विधिवत पूजा आराधना गरी मनाइँदैछ। दसैँको घटस्थापनादेखि नवमीसम्म माता दूर्गाका नौवटा स्वरुपहरूको पूजा गर्ने गरिन्छ। चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्ने गरिन्छ। नवदुर्गामध्येकी तेस्रो देवी
तिला नदीमा एक युवक बेपत्ता

तिला नदीमा एक युवक बेपत्ता

    प्रकाशित मितिः २९ आश्विन २०८०, सोमबार १२:५२
तिला नदीमा खसेर एकजना युवक बेपत्ता भएका छन्। कालिकोटको तिलागुफा नगरपालिका–९ का २१ वर्षिय अर्जुन उपाध्याय तिला नदीमा खसेर बेपत्ता भएका हुन्। बाँकेको कोहलपुरदेखि दसैँ मनाउन जन्म घर चिलखाया जादै गर्दा राजमार्ग स्थित भैसिगौँडा पुलको छेउबाट चिप्लिएर बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बेपत्ता भएका अर्जुनको खोजि कार्य चलिरहेको छ। नदी किनारमा पानी खाने क्रममा उनको खुट्टा चिप्लिएर नदी

पुलबाट हाम फालेका कार्कीको मृत्यु

    प्रकाशित मितिः २९ आश्विन २०८०, सोमबार १२:५०
सुर्खेतको भेरीगंगा नगरपालिका–१० स्थित रत्न राजमार्ग अन्तर्गत पर्ने तोलीखोला पुलबाट हाम फालेका दैलेखको आठबीस नगरपालिका–३ का दिपक कार्कीको उपचारको क्रममा मृत्यु भएको छ। आइतवार राति साढे नौ बजेतिर उनले पुलबाट हाम फालेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी लक्ष्मण शाहीका अनुसार कार्की नेपालगञ्जबाट सुर्खेत आउँदै थिए। कर्णाली प्रदेश २४७ नम्बरको बस तोली खोला पुल नजिकै खाना
कर्णालीको विकासमा सरकारले ध्यान दिएन: माधव नेपाल

कर्णालीको विकासमा सरकारले ध्यान दिएन: माधव नेपाल

    प्रकाशित मितिः २८ आश्विन २०८०, आईतवार १९:१४
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दुई तिहाइ सरकार हुँदा पनि एमालेले जनताको मतको कदर गर्न नसकेका आरोप लगाएका छन्। समाजवादी जागरण अभियानको समापन कार्यक्रममा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बोल्दै नेपालले यस्तो बताएका हुन्। उनले दुई तिहाइको सरकार हुँदा सरकार र पार्टी चलाउन नसकेको बताउँदै अध्यादेश मार्फत पार्टी टुक्राउन खोजेको र
भेरीबाट पानीको भारी बोक्नुपर्ने बाध्यता हट्यो

भेरीबाट पानीको भारी बोक्नुपर्ने बाध्यता हट्यो

    प्रकाशित मितिः २८ आश्विन २०८०, आईतवार १३:५८
जहरेबाट विवाह गरेर गुर्भाकोट नगरपालिका–८ मेहलकुनामा आइसकेपछि तारादेवी बुढाले लगातार ४० वर्ष भेरी नदीको पानी बोकिन्। बिरामी र सुत्केरी हुँदा बाहेकको समय उनको पिठ्युँमा पानीको गाग्री छुट्दैनथ्यो। भेरीको पानी एक–दुई महिनाबाहेक सधैं धमिलो हुन्थ्यो। अझ बर्खामा पानी भन्दा धेरै गाग्रीमा लेदो भरिन्थ्यो। ‘भेरी किनारका लागि भेरीकै दुःख थिएँ,’ उनले भनिन्, ‘गाग्रीमा भरेर ल्याएको पानी घर पुर्‍याएर कपडाले छानेर