☰ open Loading... 5 May 2024|  

गतिविधि

इजरायल-हमास लडाइँमा मारिए १२ पत्रकार

इजरायल-हमास लडाइँमा मारिए १२ पत्रकार

    प्रकाशित मितिः २८ आश्विन २०८०, आईतवार ११:१८
इजरायल-हमास लडाइँमा कम्तीमा १२ जना पत्रकार मारिएका छन्। इजरायल-हमास लडाइँ सुरू भएको आठौं दिनसम्म १२ जना पत्रकारहरू मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे) लाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ। गाजाको इस्लामिस्ट समूह ‘हमास’ ले इजरायलमाथि आक्रमण गरेयता २ पत्रकार सम्पर्कविहीन रहेको र ८ जना घाइते भएको सिपिजेले जानकारी दिएको छ। मारिनेमध्ये १० जना प्यालेस्टाइनका र एक जना इजरायलका पत्

२० बर्षिया यूवती गुप्ताङ्गमा लागुऔषध लुकाएर ल्याउदै गर्दा …

    प्रकाशित मितिः २८ आश्विन २०८०, आईतवार ०३:२३
धनगढीमा गुप्ताङ्गमा लुकाएर लागुऔषध खैरो हिरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शुक्रबार त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा लागुऔषध अनुसन्धान ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढीकी २० वर्षकी अनुस्का सिंह ठकुरीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले ठकुरीले

विवाह गर्न वडाबाट अनुमति

    प्रकाशित मितिः २७ आश्विन २०८०, शनिबार २२:१६
सिन्धुलीको मरिण गाउँपालिकाभित्र विवाह गर्दा सम्बन्धित वडाबाट अनुमति लिनुपर्ने भएको छ। बालविवाह न्यूनीकरणका लागि पालिकाले वडा कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको हो। गाउँपालिका अध्यक्ष विमर्श मुक्तानका अनुसार विवाह हुनुभन्दा अघि वडा कार्यालयमा पुगी विवाह हुने महिला र पुरुष दुवैको विवाह गर्न योग्य उमेर प्रमाणित गरेपछि अनुमति पाइने छ। आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले आगामी मंसिर

आगलागीबाट एक जनाको मृत्यु

    प्रकाशित मितिः २७ आश्विन २०८०, शनिबार १२:४९
बागलुङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका-४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो । मृतकको सनाखत हुन सकेको छैन । शुक्रबार राति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो । आगो के कसरी लाग्यो भन
यही गठबन्धनलाई निरन्तरता दिईने

यही गठबन्धनलाई निरन्तरता दिईने

    प्रकाशित मितिः २७ आश्विन २०८०, शनिबार १२:३२
कोसी प्रदेसमा कांग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्रीमा नियुक्ती भएसंगै सत्तागठबन्धनमा हलचल हुन नपाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ,नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली काग्रेसका नेता शेखर कोइरालाले यही गठबन्धनलाई निरन्तरता दिने बताएका छन। आज तीन नेताले ‘हामी वर्तमान सत्तागठबन्धन प्रति दृढ र स्पष्ट छौ र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौ भनि’ सयुक्त रुप

साढे १६ लाखको सामान बरामद

    प्रकाशित मितिः २७ आश्विन २०८०, शनिबार १२:२७
बाँकेको विभिन्न स्थानबाट सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण तथा गण मातहत युनिटले करीव १६ लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीका विभिन्न सामान बरामद गरेको छ । सोही जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट असोज २५ गते भारतबाट अवैध रुपले ल्याउँदै गरेको करीव १० लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरिएको हो । यसैगरी नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट असोज

ट्रकमा सवार किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप

    प्रकाशित मितिः २७ आश्विन २०८०, शनिबार ०७:३४
किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बैतडीमा एक चालक पक्राउ परेका छन्। महेन्द्रनगरबाट मेलौलीतर्फ सिमेन्ट बोकेर आउँदै गरेको से १ ख १९७९ नम्बरको मिनिट्रकमा सवार एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा सोही ट्रकका चालक मेलौली नगरपालिका–७ बस्ने महेश ओझालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पीडित किशोरी अत्तरियाबाट बैतडी आउन मिनिट्रकमा बसेकी थिइन्। सोही ट्रक चाकलले उनीमाथि जबरजस्ती करणी गरेको पीडि

लुटपाट आरोपमा दुई पूर्व प्रहरी पक्राउ

    प्रकाशित मितिः २६ आश्विन २०८०, शुक्रबार १३:५९
विराटनगरमा सोमबार दिउँसो भएको लुटपाटमा संलग्न आरोपमा प्रहरीले दुई जना पूर्व प्रहरीलाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–१२ रानीका रविकुमार साह सुडीलाई लुटपाट गरेको आरोपमा दुई जना पूर्व प्रहरी पक्राउ परेका हुन्। विराटनगर–१ पानीट्यांकीका ३८ वर्षीय दीपक तामाङ र विराटनगर–४ खारजीका ३६ वर्षीय सुनील थापालाई लुटपाट आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

बिपि चोकमा आगलागी, सात पसलमा क्षति

    प्रकाशित मितिः २६ आश्विन २०८०, शुक्रबार १०:१२
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपीचोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ । विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले भन्नुभयो, “सामान अधिकांश जलेर नष्ट भएको छ, क्षतिको विवरण सङ्कलन हुँदैछ ।”

चार जिल्लाका सिडिओ फेरिए

    प्रकाशित मितिः २६ आश्विन २०८०, शुक्रबार ०९:३९
गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। मंगलबार गृह मन्त्रालयले सिडिओको सरूवा एवं पदस्थापन गरेको हो। जिल्ला प्रशासन कार्यालय दोलखाका सिडिओ कोमलप्रसाद धमालको सरूवा भएको छ। उनको जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सरूवा भएको हो। सर्लाहीका इन्द्रदेव यादवको इलाममा सरूवा भएको हो। जिल्ला प्रशासन कार्यालय बाँकेका सिडिओ एवं सहसचिव विपीन आचार्यको गृहमन्त्रालय