
पूर्व मुख्यमन्त्री शर्मालाई लक्षित गर्दै सांसद विष्ट भने, ‘श्री ३ शर्मा महाराज’ को उपनिवेशमा गाह्रो छ
प्रकाशित मितिः १९ बैशाख २०८१, बुधबार ११:५९
मन्त्री छनोटको विषयलाई लिएर कर्णालीमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेमा विवाद बढ्दै गएको छ। एमालेभित्रको विवादका कारण कृषि मन्त्री नियुक्त भएका विनोदकुमार शाहले मन्त्रीको शपथ बहिस्कार गरेका छन् भने माओवादी भित्रको विवाद पनि सामाजिक सन्जालमा छताछुल्ल भएको छ।
माओवादी केन्द्रका सांसद विन्दमान विष्ट एमाले नेतृत्वको सरकारमा पार्टीकोतर्फबाट नेतृत्व गरेर सरकारमा सहभागी हुन चाहन्थे। तत्