होटल महासंघ कर्णाली संयोजकमा शाही
प्रकाशित मितिः ५ पुष २०७६, शनिबार २१:५९
सुर्खेत । नेपाल होटल व्यवसायी महासंघको कर्णाली प्रदेश संयोजकमा तर्कबहादुर शाही सर्वसम्मत चयन भएका छन् । महासंघको राष्ट्रिय तेस्रो महाधिवेशनले शाहीको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा मानबहादुर ओली (सल्यान), उपाध्यक्ष अर्जुन हिराचन (डोल्पा), महिला उपाध्यक्ष रेवती रावल (जुम्ला), महासचिव कृष्णबहादुर शाही (कालिकोट), सचिव जनक सिंह ठकुरी (









